Business Gold & Silver 

सुन-चाँदीको मूल्यले दैनिक बनाउँदै रेकर्ड

०७ कार्तिक, काठमाडाैं । सुनको भाउले बुधबार पनि रेकर्ड कायम गरेको छ । दसैँपछि लगातार रेकर्ड कायम गर्दै आएको सुनले आज पनि नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा…

Read More
Gold & Silver 

सुन र चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड

०६ कात्तिक, काठमाडौं । सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै चाँदी २१०० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्वका ठूला लगानीकर्ताको मनोभावनासँग यो जोडिएको विषय हो…

Read More
Gold & Silver 

अमेरिकी डलरको मजबुतीले सुनको मूल्यमा आइतबार पनि नयाँ रेकर्ड

०४ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउले लगातार पाँच दिन नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले भदौ २९ गतेदेखि लगातार रेकर्ड कायम गरेको हो । असोज २९ गते प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ ३० गते प्रतितोला १३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै कात्तिक १ गते बिहीबार प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ६२ हजार ४०० रुपैयाँ पुगेको सुन शुक्रबार २ हजार रुपैयाँले बढेर तोला कै एक लाख ६४ हजार ४०० रुपैयाँ पुगेको…

Read More
Business Gold & Silver 

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ

२२ असाेज, काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ। यो…

Read More
Business Gold & Silver 

सोमबार पनि घट्यो सुनको भाउ

२१ असाेज, काठमाडाैं । सुनको भाउ सोमबार पनि घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार ४०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ५०० रुपैयाँ घटेको हो । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएका थियो । त्यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा…

Read More
Business Gold & Silver 

आइतबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

२० असाेज, काठमाडाैं । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार प्रतितोला ३०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने…

Read More
Business Gold & Silver 

एक सातामै सुनको मूल्यमा नयाँ रेकर्ड

१८ असोज, काठमाडौं । एक सातामै सुनको मूल्यमा रेकर्ड ब्रेक भएको छ । आज शुक्रबार सुनको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि उच्च मूल्य रेकर्ड गत शुक्रबार १ लाख ६१ हजार २ सय रुपैयाँको थियो। अघिल्लो दिनको तुलनामा भने आज प्रतितोला ४ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन १ लाख ६० हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ…

Read More
Business Gold & Silver 

सुन तोलामा ८ सय बढ्यो

१६ असोज, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार थियो । गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९३५ रुपैयाँ कायम भएको छ ।

Read More
Business Gold & Silver 

तोलामा ५ सय घट्यो सुन

१५ असोज, काठमाडौं । सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँ थियो । शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ कायम भएको छ ।

Read More
Business Gold & Silver 

सुनको मूल्यमा कीर्तिमान

१० असाेज, काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो । तोलामा तीन सय रुपैयाँले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका…

Read More