Business Gold & Silver 

सुनको मूल्यमा सामान्य वृद्धि

२२ फागुन, काठमाडौँ । बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला सुनको भाउ ९०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९ सय १७.६८ अमेरिकी डलरमा…

Read More
Business Share Market 

२८४६ अंकमा झर्‍यो सेयर बजार, घटे सबै सेक्टर

२० फागुन, काठमाडौं । मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडको भयो । ४१ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ५ स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.०५, विकास बैंक ०.३९, फाइनान्स २.१०, होटल तथा पर्यटन ०.९७, हाइड्रोपावर १.०८, लगानी १.७५, जीवन बीमा ०.६९, उत्पादन २.२१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा १.११, अन्य ०.०६ तथा…

Read More
Banking Business 

ग्लोबल आईएमई बैंकले ह्याकाथन आयोजना गर्ने

२० फागुन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल)सम्बन्धी ‘ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ। बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता सञ्चालन गर्नलागेको हो। यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतीहरुको समाधान खोज्न समेत सहयोग पुग्नेछ। प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गर्नुपर्नेछ। उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर…

Read More
Business Gold & Silver 

एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२० फागुन, काठमाडौँ । मंगलबार सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदी एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई…

Read More
Banking Business ipo 

पियोर इनर्जीको आईपीओ बिक्री खुला

२० फागुन, काठमाडौँ । पियोर इनर्जी लिमिटेडको (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयरका लागि बाँके जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। स्थानिय बासिन्दाले आयोजना स्थल, नबिल बैंकका कोहलपुर र नेपालगञ्ज शाखा…

Read More
Business Share Market 

२९ सय नाघेर झर्‍यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’

१९ फागुन, काठमाडौं । सोमबार सेयर बजार २९ सय नाघेर झरेको छ । कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको बजारमा केही उतारचढाव देखियो । १ : ०६ बजेपछि बजारले २९ सयको विन्दु नै छुन सकेन । अन्ततः बजार अघिल्लो दिनको तुलनामा १३.६१ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८७६ अंकमा कायम भएको छ । फागुन १ पछि लगातार बढेको बजारमा पहिलो पटक बजारमा करेक्सन देखिएको हो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज १४ अर्ब…

Read More
Business Gold & Silver 

सुनको भाउ कतिमा हुँदैछ कारोबार ?

१९ फागुन, काठमाडौँ । सुनको मूल्य आज पनि स्थिर रहेको छ । शुक्रबार तोलाको २२ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबार र सोमबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, सोमबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८ सय ६७.८२ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Read More
Business Main Headlines 

नेपाल आइडल सिजन ६ को अडिसन चैत्रको पहिलो हप्तादेखि

१९ फागुन, काठमाडौँ । एपीवान टेलिभिजनद्वारा प्रस्तुत नेपाल आइडल सिजन ६ को अडिसन चैत्र महिनाको पहिलो हप्तादेखि सुरु हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्। यस सिजनलाई अघिल्ला सिजनभन्दा फरक र विशेष बनाउने उद्देश्य राखिएको छ। नेपाल आइडलले नेपाली संगीत क्षेत्रका उदयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। यसपटकको सिजनमा प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ, जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्नेछ। साथै, नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिने…

Read More
Business Share Market 

सेयर बजारमा उच्च वृद्धि, सवा १४ अर्बको कारोबार

१८ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ७५.२४ अंक (२.६७ प्रतिशत) बढेर २८९० अंकमा पुगेको छ । बजारको यो अंक भदौ ९ यताकै उच्च हो । कारोबार रकम पनि बढेको छ । गत बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १४ अर्ब २५ करोडको भयो । १९६ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रह्यो । ४ वटा सेक्टर ४ प्रतिशतभन्दा धेरै बढे । बैंकिङ २.५३, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल तथा…

Read More
Business Gold & Silver 

सुनको भाउ स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ?

१८ फागुन, काठमाडौँ । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार तोलाको २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आइतबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८ सय ६४.६४ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Read More