Business Main Headlines 

६ महीनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

१७ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महीनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको विवरण अनुसार प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ। विद्युत् खरीद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा जम्मा ५९ अर्ब आठ करोड रुपैयाँ खर्च गरिएको छ। जसबाट साउनदेखि पुस मसान्तसम्म प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ। आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ…

Read More
Business Main Headlines 

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

१७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४…

Read More
Business Main Headlines 

घट्‌यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यासकाे यथावत

१७ फागुन, काठमाडौँ । आजदेखि नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ । शुक्रबार बसेको निगम सञ्‍चालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य अनुसार डिजेल/मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ । निगमले भनेको छ- ‘इण्डियन आयल कर्पोरेशनबाट आज २८ फेब्रुअरी २०२५ ( फागुन १६, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु. ०.५० र प्रति सिलिण्डर एलपि. ग्यास रु. ६.२७ ले…

Read More
Banking Business 

गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित

१६ फागुन, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा बैंकलाई ‘कर्पोरेट एक्सेलेन्स २०२४ इन डेभलपमेन्ट बैंक एन्ड फाइनान्स कम्पनी’ विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको बैंकले जनाएको छ ।

Read More
Business Gold & Silver 

सुनको भाउ तोलाको २२ सय रुपैयाँले घट्यो

१६ फागुन, काठमाडौँ । सुनको भाउ तोला २२ सय रुपैयाँले घटेको छ । बिहीबार २०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार २२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८…

Read More
Business Share Market 

बैंकिङ चम्किँदा सेयर बजारले नाघ्यो २८ सय

१५ फागुन, काठमाडौं ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारले २८ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ४९.१५ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २८१५ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ११ अर्ब ३९ करोडको भयो । १८६ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो भने ६ को स्थिर नै रह्यो । आज बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ । मुख्यतः राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाले असल वर्गमा बैंकहरुले छुट्याउनुपर्ने…

Read More
Business Gold & Silver 

सामान्य घट्यो सुनको भाउ

१५ फागुन, काठमाडौँ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । बुधबार प्रतितोला ८०० रुपैयाँ घटेको सुनको मूल्य बिहीबनर २०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदी एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ…

Read More
Business Share Market 

धेरै कम्पनीको मूल्य घट्दा पनि बढ्यो सेयर बजार

१३ फागुन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ७.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ । बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रह्यो । पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य बढ्दा बजारमा यस्तो प्रभाव देखिएको हो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ११ अर्ब ८ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । अन्य समूह सबैभन्दा धेरै २.९ प्रतिशत बढ्यो । त्यस्तै उत्पादन ०.१८, जीवन बीमा ०.८१,…

Read More
Banking Business Share Market 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

१३ फागुन, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यो बोनस सेयरपश्चात कम्पनीको चुक्ता पूँजी पनि ५ अर्ब पुग्नेछ । हाल ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ छ । यो लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४९ रुपैयाँ छ ।

Read More
Business Gold & Silver 

सुनको मूल्य हालसम्मकै उच्च, मंगलबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सूनको मूल्य मंगलबार प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । त्यस्तै, मंगलबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ३८.०४ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३२.३५ अमेरिकी…

Read More