Banking Business 

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

११ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल…

Read More
Business Gold & Silver 

सुनको भाउमा सामान्य वृद्धि

११ फागुन, काठमाडौँ । आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला ३०० रुपैयाँ बढेको हो । शुक्रबार एक लाख ७० हजार रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका लागि एक लाख ७० हजार ३०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी शुक्रबार एक हजार ९९० रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९७० रुपैयाँ कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा…

Read More
Business 

अधिकांश  विदेशी मुद्राको मूल्यमा वृद्धि

१० फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि भएको छ। केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ १५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ९१ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ०७…

Read More
Business Share Market 

धितोपत्र बोर्डद्वारा वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी

धितोपत्र बजार सहभागीले आफ्नो कार्य सञ्चालन गर्दा आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरू पालना गर्नुपर्नेछ । ०९ फागुन काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीका लागि लक्षित वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरिएको जनाएको छ । मार्गदर्शनमा नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएको सूचीकृत व्यक्ति, समूह वा सङ्गठन कारोबारमा भएनभएको…

Read More
Business Share Market 

२७४३ अंकमा पुग्यो सेयर बजार, घट्यो कारोबार

०८ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोडको भयो । ८१ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन जीवन बीमामा आकर्षण देखिएको छ । सो सेक्टर २.४२ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार समूह सबैभन्दा धेरै ३.७७ प्रतिशत बढ्यो । निर्जीवन…

Read More
Business Gold & Silver 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

०८ फागुन, काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० रुपैयाँ र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ । बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, बुधबार एक हजार ९८५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।

Read More
Business ipo Share Market 

क्रेस्ट माइक्रोलाइफको आईपीओ २२ गतेदेखि खुल्ने

०८ फागुन, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ फागुन २२ गतेदेखि खुल्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहमा कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेकोमा सोको १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन भइसकेको छ । अब कर्मचारी र सामुहिक लगानी कोषहरुलाई छुट्याएपछि बाँकी रहने १८ लाख ४५ हजार कित्ता सेयर आम सर्वसाधारणका लागि खुल्न लागेको हो । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन हुनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सूचनामार्फत जनाएको…

Read More
Business Gold & Silver 

मंगलबार पनि बढ्यो सुनको मूल्य

०६ फागुन, काठमाडौं । मंगलबार सुनको मूल्य ७०० रुपैयाँले बढेको छ । सोमबार १२ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६८ हजार ७०० सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी मंगलबार एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार पनि सोही भाउमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।…

Read More
Banking Business 

सानिमाको खुलामुखी म्युचुअल फन्डमा आवेदन खुल्यो

०६ फागुन, काठमाडौं । सानिमा बैंकको कोष प्रवर्द्धनमा ‘सानिमा फ्लेक्सी फन्ड’ नामक म्युचुअल फन्डमा लगानी आवेदन खुलेको छ । यो खुलामुखी योजना हो । कम्पनीले कुल १० करोड इकाइ फन्ड निष्कासन गर्न लागेको हो । जसमध्ये ४ करोड इकाइ पहिलो चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुला हुन लागेको हो । न्यूनतम १ सय र अधिकतम ४० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । अंकित मूल्य १० रुपैयाँ रहने फन्डमा छिटोमा फागुन ११ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । खुलामुखी योजना भएकाले यसको कुनै अवधि हुँदैन । इकाइ खरिद गर्न चाहेको जुनसुकै…

Read More
Business Share Market 

बैंकिङले उचाल्यो सेयर बजार, १० अर्ब नाघ्यो कारोबार

०५ फागुन, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २९.८७ अंक (१.१० प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि २७२७ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ४७ करोडको कारोबार भएकोमा आज १० अर्ब ४ करोडको भयो । १६६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो भने ४ को स्थिर रह्यो । बैंकिङ सेक्टरमा आएको उल्लेख्य वृद्धिका कारण यस दिन समग्र बजार बढ्यो । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो सेक्टर रहेकाले बैंकिङको प्रभाव बढी पर्दछ । यो सेक्टर आज नेप्सेभन्दा बढी २.१६…

Read More