Business Share Market 

१३.५३ अंकले घट्यो सेयर बजार, कारोबार साढे ४ अर्ब

०७ पुस, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १३.५३ अंक (०.५३ प्रतिशत) ले घटेको छ । बजार २५८३.२९ बिन्दुमा रोकिएको छ । आइतबार कुल ३ सय १९ धितोपत्रको ५७ हजार ८ सय ६३ वटा कारोबार भएको छ । यस दिन ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७ रुपैयाँ बराबर कारोबार भएको छ । आइतबार जलविद्युत्, उत्पादन तथा प्रशोधन बाहेक सबै उपसमूहको मूल्य घटेको छ । सबैभन्दा धेरै (२.०५ प्रतिशत) विकास बैंक उपसमूहका…

Read More
Business Share Market 

लिबर्टी ईनर्जीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

०७ पुस, काठमाडाैं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । जस अनुसार कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद…

Read More
Business Gold & Silver 

सुनको भाउ एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले बढ्यो

०७ पुस, काठमाडौं । सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६२३.१८ अमेरिकी डलर र चाँदी प्रतिऔंस…

Read More
Business Main Headlines 

चालू आर्थिक वर्षको पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत

०७ पुष, काठमाडौँ । चालूआर्थिक वर्ष (आव) २०८१÷८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत्भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालूआवको साउन, भदौअसोज, कात्तिक र मब्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको१ अर्ब ७६ करोड युनिट विद्युत्भारततर्फ निर्यात गरेको छ । चारमहिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको…

Read More
Business Political Finance 

स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ आवेदन

०६ पुस, काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजना प्रस्ताव परेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २०८१ साल भदौ ११ गते स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न प्रस्ताव आह्वान गरेको थियो । प्रतिष्ठानका अनुसार अनलाइन र अफलाइनबाट गरेर ५ हजार १५८ वटा प्रस्ताव स्टार्टअप उद्यम कर्जामा सहभागिताका लागि आवेदन परेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा अधिकतम २५ लाख रूपैयाँसम्म बिना धितो ३ प्रतिशत ब्याजमा ५ वर्षका लागि स्टार्टअप उद्यम कर्जा…

Read More
Agriculture Business 

गोलभेडा प्रतिकेजी ३८ रुपैयाँले महँगिदा साग, च्याउदेखि चुकुन्दरसम्मको भाउ बढ्यो, कति छ तरकारी र फलफूलको मूल्य ?

०६ पौष, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज शनिबार गोलभेडा, मटरकोशा, साग, च्याउलगायतका तरकारीको भाउ बढेको छ । यो दिन टनेल गोलभेडाको भाउ बढेर प्रतिकेजी ९७ रुपैयाँ ६७ पैसा कायम भएको छ । यसअघि भने ६० रुपैयाँ थियो ।  त्यस्तै, लोकल सतो मूला प्रतिकेजी ३७ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ७१ रुपैयाँ ६७ पैसा, मटरकोशा १७५ रुपैयाँ, सलगम ९५ रुपैयाँ, रायोको साग ३० रुपैयाँ, सखरखण्ड ९५ रुपैयाँ, कन्य च्याउ १६२ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ३५५ रुपैयाँ, चुकुन्दर ८५ रुपैयाँ र हाइब्रीड काक्रो ९५…

Read More
Business 

हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने

०५ पुस, काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए । उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उनले बताए । “उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य अझै भइरहेकै छ”, अध्यक्ष भण्डारीले भने, “हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ, तर उपकरण…

Read More
Business Main Headlines Society 

विदेशी कम्पनीको सर्‍यो उडान तालिका

०५ पौष, काठमाडौँ । यात्रु अभाव र मौसमका कारण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका विदेशी हवाई कम्पनीले उडान तालिका सारेका छन् । विभिन्न गन्तव्यबाट भैरहवामा उडान भर्दै आएका कतार एयरवेज, फ्लाई दुबई, थाई एयर, एयर एसिया, जजिरा एयरवेजले उडान रोकेपछि हाल नेपाल वायुसेवा निगमले मात्रै सातामा चार दिन उडान भर्दै आएको छ । विमानस्थलका प्रवक्ता दीपक वज्राचार्यले भन्नुभयो, “बाक्लो हुस्सुका कारण जहाज उडान अवतरणका लागि आवश्यक दृश्य क्षमता (भिजिबिलिटी) नपुगेपछि विदेशी हवाई कम्पनीले उडान तालिका सारेका हुन् । फ्लाई दुबईले पुस २९ गतेदेखि, थाई एयर एसियाले माघ १३ देखि…

Read More
Business Share Market 

साताको अन्तिम दिन उच्च अंकले घट्यो सेयर बजार

०४ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक नेप्सेमा पुनः उच्च अंकको गिरावट आएको छ । अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको सेयर बजार यो साताको मंगलबार सीमान्त रूपमा बढे पनि अन्य सबै दिनमा गिरावाट आएको हो । बुधबार ५.६० अंकले घटेको सेयर बजार बिहीबार ३१.४३ अंकले घटेर २५ सय ९६ दशमलव ८२ बिन्दुमा आइपुगेको हो । बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा सीमान्त रूपमा बढेर ४ अर्ब ७६ करोड पुगेको छ । यो साता समग्रमा सेयर परिसूचक ८६ अंकले घटेको छ, यो ३ दशमलव २ प्रतिशतको गिरावट हो…

Read More
Business Corporate Main Headlines 

भारतीय लगानीकर्ताको चासोपछि विराटनगर जुट मिलको लेखा परीक्षण

०४ पौष, विराटनगर । भारतीय लगानीकर्ताले चासो बढाएपछि विराटनगर जुट मिलको छ वर्षदेखिको लेखा परीक्षण सुरु गरिएको छ । नेपालको पहिलो उद्योग जुट मिल २०७८ जेठ २४ गतेदेखि आधिकारिक समितिविहीन बनेको थियो । सरकारले २०८१ जेठ ३० गते सञ्चालक समिति सदस्य नियुक्त गरेपछि २०८१ असार ५ गते राजेन्द्र कार्की अध्यक्ष चयन हुनुभएको थियो । अध्यक्ष कार्कीका अनुसार सरकारले टीकाराज ढकाल, सेयर सदस्यबाट मुकुन्द नेपाल र वाणिज्य कार्यालय विराटनगरका प्रमुख तथा कोष तथा नियन्त्रण कार्यालयका प्रमुख पदेन सदस्य रहने गरी सञ्चालक नियुक्त गरेको थियो । सञ्चालक समितिले २०७५ सालदेखिको आन्तरिक लेखापरीक्षणको…

Read More