Business Gold & Silver 

सुनको मूल्य एक लाख ७० हजार माथि

२९ माघ, काठमाडौं । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।

Read More
Business International Technology 

टी मोबाइलद्वारा स्टारलिंकसँगको साझेदारीमा स्याटेलाइट-टु-सेल सेवा शुरु

२९ माघ, काठमाडौं । टी मोबाइलले स्पेसएक्सको स्टारलिंकसँगको साझेदारीमा आफ्नो स्याटेलाइट-टु-सेल सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको छ। यो सेवा व्यापक रूपमा परीक्षण गर्न सुरु गरेको कम्पनीले जनाएको छ। अमेरिकी वायरलेस क्यारियरले मोबाइल डेड जोनहरू हटाउन र दुर्गम क्षेत्रहरूमा कनेक्टिभिटी विस्तार गर्न यो सेवा सुरू गरेको हो। रोयटर्सका अनुसार यो परीक्षण जुलाईसम्म निःशुल्क हुनेछ। त्यसपछि यो योजना टी-मोबाइलको प्रिमियम Go5G Next योजनामा कुनै अतिरिक्त शुल्कबिना समावेश गरिनेछ। अन्य योजनाहरूमा यो सेवा यस ग्रीष्म ऋतुमा व्यावसायिक रूपमा सुरू भएपछि प्रतिमहिना १५ डलरमा थप गर्न सकिनेछ। परीक्षणमा सहभागी हुने ग्राहकहरूले सेवा व्यावसायिक रूपमा सुरू…

Read More
Business Share Market 

लगातार पाँचौं दिन घट्यो सेयर बजार

२८ माघ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १०.९८ अंक घटेको छ । सो कमीपछि नेप्से २६७७ अंकमा कायम भएको छ । सोमबारसहित लगातार पाँचौं दिन बजार घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९६ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रह्यो । दुई सेक्टर अन्य र व्यापार सेक्टरबाहेक सबै घटे । अन्य ०.२३ र व्यापार ०.१० प्रतिशत बढे । बैंकिङ ०.१७, विकास बैंक ०.२१, फाइनान्स…

Read More
Business Gold & Silver 

एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको भाउ

२८ माघ, काठमाडौं । सोमबार सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आइतबार एक सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार १४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।…

Read More
Business Corporate 

शिवम सिमेन्टको नाफामा गिरावट, आम्दानीमा ११.८८ प्रतिशतको कमी

२८ माघ, काठमाडौं । शिवम सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको नाफामा उल्लेखनीय गिरावट आएको देखिएको छ भने आम्दानी र उत्पादन लागतमा समेत गिरावट आएको छ। वित्तीय विवरणअनुसार, चालु आर्थिक वर्षको पुससम्म कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। तर, अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस अनुसार, कम्पनीको नाफा ६१.७७ प्रतिशतले संकुचित भएको छ। पुससम्म कम्पनीले उत्पादन बिक्री गरेर ३ अर्ब १० करोड १६ लाख रुपैयाँ आम्दानी गरेको…

Read More
Business Share Market 

चार दिनदेखि लगातार झर्‍यो सेयर बजार

२७ माघ, काठमाडौं । आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.४९ अंक घटेको हो । योसँगै नेप्से २६८८ अंकमा कायम भएको छ । विगत ४ कारोबार दिनदेखि बजार लगातार घटिरहेको छ । मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंकले बजार घटेको थियो । बजार झर्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडमा खुम्चियो । ६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स ०.८०, उत्पादन ०.१५,…

Read More
Business Gold & Silver 

सामान्य बढ्यो सुनको भाउ

२७ माघ, काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य सामान्य बढेको छ । साताको अन्तिम कारोबार दिन ४०० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने…

Read More
Business 

आज कुन मुद्राको विनियमदर कति?

२७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ् भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सोही मूल्यमा विदेशी मुद्राहरुको कारोबार हुनेछ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ। हिजो पनि अमेरिकी डलरमा कारोबार भएको थियो। यही माघ २५ गते (शुक्रबार) अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र…

Read More
Business Gold & Silver 

लगातार तीन दिन उच्च अंकले बढेको सुनको मूल्य शुक्रबार ४०० रुपैयाँले घट्यो

२५ माघ, काठमाडौं । सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । लगातार तीन दिन उच्च अंकले बढेको सुनको भाउ साताको अन्तिम कारोबार दिन आज प्रतितोला ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने…

Read More
Business 

माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ सुरु गर्ने

२५ माघ, काठमाडौं। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले बिहीबार ‘फ्लोटिङ्ग सोलार परियोजना’ सन् २०२७ मा सञ्चालन हुने घोषणा गरेका छन् । फ्लोटिङ्ग सोलार प्रोजेक्ट एक प्रक्रिया हो,जहाँ सौर्य प्यानलहरू पानीको सतहमा रहन्छ । फ्लोटिङ सोलार प्रोजेक्टको मुख्य उद्देश्य जलस्रोत प्रयोग गरेर स्वच्छ ऊर्जा उत्पादन गर्नु हो । यसले पानीको चिसो प्रभावको कारण सौर्य प्यानलहरूको दक्षतामा सुधार गर्दछ । “सरकारले यस वर्ष विदेशी लगानीकर्ताहरूलाई विशेष आर्थिक क्षेत्र विकास अनुमतिहरू जारी गर्ने योजना बनाएको छ ।” सन् २०२५ को लागि माल्दिभ्सको एक सदनात्मक व्यवस्थापिका पिपुल्स मजलिसको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रपतिले फ्लोटिङ्ग…

Read More