दुई वर्षमा पनि फर्किएन विमान
२५ माघ, कालीकोट । झन्डै ३८ वर्षपछि निर्माण सकिएको कालीकोटको सुनथराली विमानस्थल उद्घाटनमै सीमित छ । २०८० सालमा औपचारिक उद्घाटन भएको सुनथराली विमानस्थल कोटवाडामा त्यसयता एक दिन पनि हवाईजहाज आएको छैन । तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई उद्घाटनका लागि लिएर आएको जहाज उहाँहरूलाई नै लिएर फर्कियो तर त्यसपछि सुनथराली कहिल्यै आएन । उद्घाटन भएको विमानस्थलमा हप्तामा दुई दिन उडान गर्ने भनिएको थियो तर उद्घाटनसँगै त्यो योजना रोकियो । विमानस्थल निर्माण हुन पूरै ३७ वर्ष लागेको थियो । निर्माणपछि पनि औपचारिक उद्घाटन…
Read More