Banking Business 

दिगो वित्तीय समाधान प्रवर्द्धनमा एनएमबि बैंक, अन्तर्राष्ट्रिय वित्त निगम र युरोपियन युनियनको साझेदारी

०७ चैत, काठमाडाैं । नेपालको दिगो वित्तीय समाधान प्रवर्द्धनमा एनएमबि बैंक, अन्तर्राष्ट्रिय वित्त निगम र युरोपियन युनियनले साझेदारी गरेका छन् । उक्त साझेदारी अन्तरगत तीन संस्थाले संयुक्त रुपमा तीन दिने तालिम आयोजना गरेका छन् । युरोपियन युनियनको एसीएसआईआईएस कार्यक्रमको सहयोगमा मार्च पहिलो साता आयोजना गरिएको तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय, र एसएमई (साना तथा मध्यम उद्यम) क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो । नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाको अवस्थामा तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक, र सुशासनका अभ्यासहरूलाई…

Read More
Business Gold & Silver 

बुधबार रेकर्ड कायम गरेको सुन बिहीबार स्थिर

०७ चैत, काठमाडौँ । बुधबार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भएको थियो । त्यसैगरी, आज एक तोला चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तरराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार…

Read More
Banking Business Main Headlines 

सिद्धार्थ बैंकका ग्राहकलाई एलकेएस डेन्टल सोलुसनसमा १० प्रतिशतसम्मको छुट

०७ चैत, काठमाडौँ । सिद्धार्थ बैंक र एल।के।एस डेन्टल सोलुसनसबिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बिजुलीबजार स्थित एल।के।एस् डेन्टल सोलुसनस् काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु…

Read More
Gold & Silver 

सुनको भाउ १ लाख ७६ हजार

०६ चैत, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। हिजो मंगलबार प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८०० ले बढेर एक लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, चाँदीको भाउ प्रतितोला दुई हजार ४५ निर्धारण भएको छ। अन्तरर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ३५ अमेरिकी डलर रहेको छ।

Read More
Business Corporate Share Market 

नेप्से सीईओको अन्तर्वार्ता सम्पन्न

०६ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि बुधबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती सम्पन्न भएको छ । सर्टलिस्टमा परेका पाँचै जनाले अर्थमन्त्रालय पुगेर अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेको मन्त्रालय स्रोतले जनाएको छ । चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका हुन् । नेप्सेको सीईओ छनोटका लागि मन्त्रालयले फागुन ११ गते सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । अब सिफारिस समितिले अन्तर्वार्ता तथा कार्यायोजना उत्कृष्टताका आधारमा तीन जनाको नाम सिफारिस गर्नेछ । सिफारिस तीन नाममध्ये…

Read More
Business Share Market 

सेयर बजार २७०४ अंकमा झर्‍यो, घट्यो कारोबार

०४ चैत, काठमाडौं । सोमबार सेयर बजार २७०४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक १०.१४ अंक घटेको हो । बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४० करोडको मात्रै भयो । ८५ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १३ को स्थिर रह्यो । विशाल बजार कम्पनीको मूल्य घट्दा व्यापार सेक्टर सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२, अन्य…

Read More
Banking Business 

‘बचत गर्न सिकौँ, २० रुपैयाँमा पाइने चियालाई किन २०० खर्च गर्ने ?’

०४ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने सुझाव दिएका छन् । साेमबार १३औँ संस्करणको ग्लोबल मनी विकको औपचारिक शुभारम्भ गर्दै उनले यस्ताे बताएका हुन् । नेपालमा ग्लोबल मनी विकको राष्ट्रिय संयोजकका रूपमा कार्यक्रममको औपचारिक शुभारम्भ भएको हो । शुभारम्भ कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘घाँटी हेरेर हाड निल्नुपर्छ, आफ्नो क्षमताअनुसारको खर्च गर्नुपर्छ । जसको क्षमता जे छ, सोहीअनुसार व्यवहार गर्नुपर्छ । क्षमता छैन भने अनावश्यक खर्च पनि गर्नुहुँदैन । २० रुपैयाँमा पाइने चियाको २०० रुपैयाँ किन खर्च गर्ने ?’ कार्यक्रममा गभर्नर अधिकारीले सबै…

Read More
Business Gold & Silver 

सोमबार सुनको भाउ कतिमा हुँदैछ कारोबार ?

०४ चैत, काठमाडौँ । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख ७४ हजार १ सय कायम भएको सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ । त्यसैगरी, आज एक तोला चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८२.८६ अमेरिकी डलर र चाँदी ३३.७१ डलरमा कारोबार भइरहेको छ ।

Read More
Business Share Market 

दोहोरो अंकले घट्यो सेयर बजार

०३ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २१.६३ अंकले घटेको सेयर बजार २७१४.८५ बिन्दुमा झरेर रोकिएको छ । आइतबार ०.७९ प्रतिशतले बजार घटेको हो । कुल ३ सय १६ धितोपत्रको ७९ हजार ३१ कारोबार भएको छ । कुल १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबर भएको छ । आइतबार व्यापार उपसूचक बाहेक सबै उपसूचकको मूल्य घटेको छ ।…

Read More
Banking Business 

सिटिजन्स बैंकको ‘टपअप र फोनपे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ योजना

०३ चैत, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फोन पे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आइफोन १६ प्राप्त गर्न सक्नेछन्। यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने रहेको बैंकले जनाएको छ। बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। यस अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत…

Read More