खारेजीको सँघारमा सत्र सहकारी
०४ फागुन, सिन्धुपाल्चोक । दुई वर्षदेखि निष्क्रिय रहेका १७ वटा सहकारी सङ्घ संस्थालाई भोटेकोशी गाउँपालिकाले खारेजीको प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै २१ दिनभित्र संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपि, पछिल्लो साधारण सभा भेलाको छायाँप्रतिलगायतका कागजातसहित पालिकाको सहकारी शाखामा सम्पर्कमा आउन ति सहकारीलाई निर्देशन दिएको छ । निर्धारित समयमा सम्पूर्ण कागजातसाथ सम्पर्कमा नआउने सहकारीलाई खारेजी गरिने पालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिनुभएको छ । उहाँका अनुसार साबिक तातोपानी–१ ठेगाना रहेको भोटेकोशी गाउँपालिका–२ को उमर उज्यालो साना किसान कृषि सहकारी संस्था लिमिटेड, भोटेकोशी–२…
Read More