शिक्षा मन्त्री विद्या भट्टराईको राजीनामा
०८ बैशाख, काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूको काठमाडौँकेन्द्रित आन्दोलन चुलिँदै जाँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर मन्त्री भट्टराईले आफ्नो राजीनामा पत्र बुझाएकी हुन् । उनकाे सचिवालयका अनुसार स्वास्थ्य समस्याका कारण उनले पदबाट राजीनामा दिएकी हुन् । तर, चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौँमा जारी आन्दोलनले शिक्षा मन्त्रालयमाथि चर्को दबाब सिर्जना गरिरहेको थियो । विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने मागसहित शिक्षकहरू माईतीघर मण्डलादेखि विभिन्न सरकारी निकायसम्म दबाबमूलक कार्यक्रम गरिरहेका छन्। सरकार…
Read More