International Share Market 

अमेरिकी चुनावलाई सावधानीपूर्वक नियाल्दै विश्व शेयर बजार

२१ कार्तिक, एजेन्सी । अमेरिकाको आगामी राष्ट्रपति को हुने र अमेरिकी संसद्को बागडोर कुन दलसँग रहने भन्ने राष्ट्रिय चुनाव सम्पन्न भएर अहिले मतपरिणाम आउन सुरु भइसकेको छ। यो बेला विश्वभरका प्रमुख शेयर बजारहरूले अमेरिकी राजनीतिको पछिल्लो विकासक्रमलाई सावधानीपूर्वक नियालिरहेको विज्ञहरूले बताएका छन्। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच अत्यन्तै कडा प्रतिस्पर्धा हुने प्रक्षेपणहरू सार्वजनिक भएसँगै निर्वाचनको एक साता अघिसम्म शेयर बजार इन्डेक्स केही घटेका थिए। चुनावको आसपास आइपुग्दा सुधारिएका छन्। चुनावको दिन सकारात्मक बनेको वाल स्ट्रिटको माहोलले एसियाली प्रमुख बजारलाई पनि छोएको छ। निर्वाचनका परिणाम आउन सुरु हुँदा…

Read More
International 

अमेरिकी राष्ट्रपति चुनावमा १ लाख नेपाली मूलका नागरिक मतदान गर्दै

२१ कार्तिक, अमेरिका । ‘आफ्नो राष्ट्रपति चुन्नका लागि म लाइनमा बसेको छु, केहीबेरमा मतदान गर्छु,’ यो भनाइ हो ६२ वर्षका अमेरिकी नागरिक जोन विलियमको। आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपति छान्न अमेरिकी नागरिकहरू यतिबेला भोटिङको लाइनमा बसेका छन्। संविधानतः अर्लि भोटिङ अर्थात् अन्तिम दिन नकुरी भोट गर्न पाउने व्यवस्था भएकाले धेरैजसो नागरिकले मतदान गरिसकेका छन्। तर, नोभेम्बर ५ अर्थात् मंगलबार मतदान गर्ने अन्तिम दिन हो। यसले भावी अमेरिकी राष्ट्रपतिको निर्धारण गर्ने छ। यसो त अमेरिकाले आफ्नो देशको राष्ट्रपति चुन्दै छ, तर शक्तिराष्ट्र भएकाले नेपाललगायत विश्वभरको ध्यान यतिबेला अमेरिकामा छ। अमेरिकाले…

Read More
International 

दिल्ली विश्वकै प्रदूषित सहर, काठमाडौँ १८ औँ स्थानमा

२० कार्तिक, काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ । वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ एक्युआई प्लस यूएस रहेको छ । त्यसपछि पाकिस्तानको लाहोर रहेको छ । लाहोरमा वायु प्रदुषण उच्च भएसँगै स्थानीय प्रशासनले लकडान नै जारी गरेको समाचारमा उल्लेख छ। जसअनुसार नोभेम्बर ४ देखि कम्तिमा एक हप्तासम्मका लागि विद्यालय बन्द गरिएको छ । लाहोरको एक्युआई २२० रहेको छ। यस्तै भारतको कलकत्ता तेस्रो स्थानमा रहँदा इजिप्टको कायरो चौथो, बंगलादेशको ढाका पाँचौ, चीनको वुहान प्रदुषित…

Read More
International 

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन, नेपालीहरुको हुनसक्छ निर्णायक मत

२० कार्तिक, अमेरिका । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट ९मतदान गर्न अनिर्णित मतदाता भएको राज्य० को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन…

Read More
International 

युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमाको आलोचना

१५ कार्तिक, काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले बुधबार बेइजिङमा रुसका उप–विदेशमन्त्रीसँग युक्रेन सङ्कटबारे छलफल गरेका छन् । पश्चिमी नेताहरूले मस्कोको उत्तर कोरियासँगको बढ्दो सम्बन्धको निन्दा गरिरहेको बेला यो बैठक भएको छ । वाङले आन्द्रेई रुडेन्कोलाई चीन र रुसबीचको सम्बन्ध ‘अपरिहार्य’ र ‘बलियो’ रहेको बताए । उनले भने, “यो सम्बन्ध बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिबाट प्रभावित छैन र यो कुनै तेस्रो पक्षप्रति लक्षित वा प्रभावित छैन ।” संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले रुसमा उत्तर कोरियाली सैनिकहरूको उपस्थितिको आलोचना गरेपछि तनाव बढेको छ । उत्तर कोरियाली विदेशमन्त्री चोए सन हुई मस्कोमा आफ्ना रुसी…

Read More
International 

इरानमाथि इजरायलको आक्रमणपछि ‘पूर्ण संयम’ अपनाउन इयूको आग्रह

११ कार्तिक, ब्रसेल्स । इजरायलले इरानमा घातक हवाई आक्रमण गरेपछि युरोपेली सङ्घ (ईयू) ले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई पूर्ण संयम अपनाउन आह्वान गरेको छ । यसअघि इरानी क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले आफ्ना लडाकू विमानले इरानी सैन्य शिविरलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो । “आक्रमण र प्रतिशोधको खतरनाक चक्रले क्षेत्रीय द्वन्द्वलाई थप विस्तार गर्ने जोखिम देखिन्छ,,” इयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायलको आत्मरक्षाको अधिकारलाई स्वीकार गर्दै, इयूले सबै पक्षहरूलाई द्वन्द्वको अनियन्त्रित वृद्धिबाट बच्न अत्यधिक संयम अपनाउन आह्वान गर्दछ । द्वन्द्व कसैको हितमा छैन।” इजरायली सेनाले इरानको…

Read More
International Technology 

सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर नासाको ‘स्पेसएक्स क्रु–८’ पृथ्वीमा फर्कियो

११ कार्तिक, एजेन्सी । अमेरिकी नेशनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु–८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन् । चालक दल बोकेको स्पेसएक्स ड्रयागन अन्तरिक्ष यान शुक्रबार अमेरिकी समय अनुसार बिहान ३ः२९ मा अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोला तटमा अवतरण गरेको हो । चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्री म्याथ्यू डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्ष यात्री अलेक्ज्याण्डर ग्रेबेन्किन रहेका छन् । यो मिसन नासाको स्पेसएक्ससँग आईएसएसमा आठौं व्यवसायिक ‘क्रु रोटेशन मिशन’ हो ।

Read More
International Main Headlines 

१६औं ब्रिक्स सम्मेलन आजदेखि

०६ कार्तिक, काठमाडाैँ । १६औं ब्रिक्स आजदेखि शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् । सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने बीबीसीले जनाएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । पुटिनले बिहीवार अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्नेछन् । यसअघि ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले भने टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि रुसको भ्रमण…

Read More
International 

राष्ट्रसङ्घका महासचिवलाई भेट्दै पुटिन

०६ कार्तिक, काठमाडौँ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने क्रेमलिनले बताएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । केन्द्रीय रूसी शहर कजानमा आयोजना हुने ब्रिक्स सम्मेलनको सन्दर्भमा उनहरूबीच भेट हुनेछ । पश्चिमले रूसलाई युक्रेन आक्रमणका कारण अलग गर्न प्रयास गरेको छैन भन्ने देखाउन मस्कोले मञ्चको उपयोग गर्न चाहन्छ । पुटिनले अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्ने क्रेमलिनका सल्लाहकार युरी उशाकोभले सोमबार पत्रकारहरूलाई बताए । महासचिव गुटेरेसले रूसको सैन्य आक्रमणप्रति बारम्बार आलोचना गर्दै यसले ‘वैश्विक स्तरमा खतरनाक…

Read More
International Technology 

साइबर अपराध छापामा श्रीलङ्कामा २३० चिनियाँ पक्राउ

३० असोज, कोलम्बो । श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको छ । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको थियो । विदेशमन्त्री विजिता हेराथका अनुसार गत साता गरिएको प्रहरी छापामा कथित ठगीमा प्रयोग गरिएका दुई सय ५० कम्प्युटर र पाँच सय मोबाइल फोन पनि जफत गरिएको थियो । तर कति रकम चोरी भएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको छ । उनीहरूले विशेषगरी विदेशी बैंक र वित्तीय संस्थाहरूलाई लक्षित गरेका बताइएको छ । कोलम्बोस्थित चिनियाँ दूतावासले श्रीलङ्काली प्रहरीसँग ‘विशेष…

Read More