युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमाको आलोचना
१५ कार्तिक, काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले बुधबार बेइजिङमा रुसका उप–विदेशमन्त्रीसँग युक्रेन सङ्कटबारे छलफल गरेका छन् । पश्चिमी नेताहरूले मस्कोको उत्तर कोरियासँगको बढ्दो सम्बन्धको निन्दा गरिरहेको बेला यो बैठक भएको छ । वाङले आन्द्रेई रुडेन्कोलाई चीन र रुसबीचको सम्बन्ध ‘अपरिहार्य’ र ‘बलियो’ रहेको बताए । उनले भने, “यो सम्बन्ध बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिबाट प्रभावित छैन र यो कुनै तेस्रो पक्षप्रति लक्षित वा प्रभावित छैन ।” संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले रुसमा उत्तर कोरियाली सैनिकहरूको उपस्थितिको आलोचना गरेपछि तनाव बढेको छ । उत्तर कोरियाली विदेशमन्त्री चोए सन हुई मस्कोमा आफ्ना रुसी…
Read More