ईयूले सङ्घबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध डब्ल्यूटीओमा उजुरी दिने
२४ असाेज, काठमाडौँ । युरोपेली सङ्घ (ईयू) ले मङ्गलबार सङ्घबाट आयात हुने ’ब्रान्डी’मा ’एन्टि–डम्पिङ’ उपाय लगाउने चीनको कदम विरूद्ध विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा चुनौती दिने बताएको छ । युरोपेली आयोगले चिनियाँ निर्मित विद्युतीय सवारी साधनमा भारी अतिरिक्त आयात शुल्क लगाएपछि बेइजिङको यो कदम ब्रसेल्स विरूद्ध “जस्तालाई त्यस्तै” व्यवहारको उपाय जस्तो देखिएको छ । “ ईयूबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको अस्थायी एन्टिडम्पिङ उपाय विरुद्ध युरोपेली आयोगले विश्व व्यापार सङ्गठनमा उजुरी दिनेछ”, आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले एक विज्ञप्तिमा भने । “ यी उपायहरू निराधार रहेको हामी विश्वस्त छौँ र हामी…
Read More