Main Headlines 

स्ट्याण्डर्ड चार्टर्डले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

०४ मंसिर, काठमाडाैं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकले मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ…

Read More
Main Headlines Society 

सिंहदरबारभित्र बाह्र अर्बभन्दा बढीको निर्माण

०४ मंसिर, काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र करिब १२ अर्ब ३१ करोड ४१ लाख रुपियाँको लागतमा चार वटा भवन निर्माणको काम द्रुत गतिमा भइरहेको छ । यहाँ मुलुकको सर्वोच्च जनप्रतिनिधि संस्था सङ्घीय संसद्को भवन, सर्वोच्च अदालत, गृह मन्त्रालय र नेपाली सेनाको चण्डीदल गणको प्रयोजनका लागि भवन निर्माण भइरहेका छन् । सिंहदरबारभित्रै नियम कानुन बनाउने संसद्कै भवन निर्माण ठेक्काको म्याद चार पटक थपिँदा पनि कार्य सम्पन्न हुन सकेको छैन । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयको व्यवस्थापनमा संसद् भवन र चण्डीदल गणको भवन निर्माण भइरहेको…

Read More
Banking Main Headlines 

राष्ट्र बैंकद्वारा सरकारलाई वार्षिक प्रतिवेदन

०३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सरकारलाई बुझाएको छ । गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र र कार्यकारी निर्देशक डा. गुणाकर भट्टसहितको टोलीले आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो । राष्ट्र बैंक ऐन, २०४९ को दफा ९१ अनुसार प्रत्येक आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन चार महिनाभित्र नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ । प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब ३.५४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल…

Read More
Main Headlines Society 

इन्टरपोलको सूचीमा ३३८ नेपाली

०१ मंसिर, काठमाडाैँ । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली असोज ११ गते भारतको दिल्लीबाट पक्राउ पर्नुभयो । बागलुङ र पोखरामा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका नेपाली सोही सहकारीको झन्डै दुई अर्ब रकम हिनामिना गरी गत २०८० जेठ ५ गते फरार थिए । एक हजार चार सय ८१ जनाको बचतकर्ताको उजुरीपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) लाई अनुरोध गरेपछि गत भदौमा ‘रेड नोटिस’ जारी भएको थियो । नेपाली २०७९ वैशाखमा २०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा नेकपा…

Read More
Business Main Headlines 

दसैँ र तिहारका सामान अझै चीनमा

३० कार्तिक, काठमाडाैँ । दसैँ, तिहार र जाडोयामका लागि नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका सामान अझै चिनियाँ क्षेत्रमै अड्किएका छन् । अड्किएका सामानमा फलफूल र जाडो मौसमका लत्ताकपडा छन् । असोज १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोले चिनियाँ क्षेत्र र तातोपानी क्षेत्रका सडक अवरुद्ध हुँदा ती सामान रोकिएको दुई महिना बित्न लागिसकेको छ । सामान खासा र केरुङको गोदाममै थन्किएपछि व्यापारी व्यवसायी चिन्तित भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले दुःखेसो पोख्नुभयो । फलफूल कुहिने र लत्ताकपडा र रेडिमेड सामानको फेसन आउट हुने अवस्था भएपछि ती सामान छिटो काठमाडौँ ल्याउने…

Read More
Main Headlines Society 

उपकरण मर्मतमा ढिलाइ हुदाँ हेटौंडाबाट अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन

२८ कार्तिक, काठमाडौं। निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो । उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उपकरण मर्मतमा ढिलाइ भएका कारण योजनाअनुसार उत्पादन सुरु गर्न नसकिएको बताए । “उद्योगको क्लिनिकलरलगायत उपकरणको मर्मतकार्य अझै भइरहेकै छ । हामीले तिहारसम्ममा मर्मत सकिन्छ र लगत्तै पुनः उत्पादन सुरु हुने अनुमान गरेका थियौँ । तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन हुन अझै करिब १५…

Read More
Main Headlines 

बाकुको आह्वान: कार्वन उत्सर्जन रोकौँ, पृथ्वी जोगाऔँ

२८ कार्तिक, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ। बाकुमा जारी शिखर सम्मेलन, कोप–२९ मा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमान र हरित ग्यास उत्सर्जन रोक्नका लागि विश्व समुदायको साझा ऐक्यबद्धतासहितको पहल आवश्यकता औँल्याए। उनीहाँहरूले जलवायु परिवर्तनको असरबाट कुनै न कुनै रूपमा विश्वका हरेक व्यक्ति प्रभावित भएको उल्लेख गर्दै त्यस्ता असरलाई कम गर्नका लागि सबै राष्ट्रको ध्यान जानुपर्ने बताए। सम्मेलनलाई सम्बोधन गर्दै नेपालका राष्ट्रप्रमुख रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै…

Read More
International Main Headlines 

आजबाट कोप–२९ सुरु : नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण

२६ कार्तिक, काठमाडौँ । गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासि बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले थामे गाउँ बगरमा परिणत भयो । अझै पनि त्यो घटना सपना झैँ लाग्छ, खुम्बु पासाङल्हामु गाउँपालिकाकी अध्यक्ष टासी ल्हामु शेर्पाका लागि । “हामी जलवायुजन्य जोखिमको चपेटामा छौँ”, उनी भन्छिन्, “अझै कुन दिन हिमपहिरोको सिकार हुनुपर्ने हो भन्ने चिन्तामा छन् यहाँका बासिन्दा ।” गत असोज १०, ११ र १२ गते काठमाडौँ उपत्यका लगायतका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले अझै तर्साइरहेको…

Read More
Cooperative Main Headlines Society 

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कात्तिक, काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ। आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो।

Read More
Business Main Headlines 

धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

२३ कार्तिक, काठमाडौँ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु जारी छन् । धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरुको निर्माण धमाधम भइरहेको छ । धारापानी र खुदी सबस्टेसनमा क्रमश…

Read More