Health Main Headlines 

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्री’ सेवा शुरू

२३ कार्तिक, काठमाडौँ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण शुरू गरिएको छ । यसअघि नमूना बाहिर पठाइँदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण शुरू गरिएको हो । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार रक्त क्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्री सेवा शुरू गरिएको हो । यसका लागि आवश्यक पर्ने उपकरण रु एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा शुरू गरिएको हो । उनका अनुसार एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो…

Read More
Main Headlines Society 

१५ अर्व रुपैयाँ खर्चेर यसरी गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, दैनिक १० घण्टा उडान बन्द

२१ कार्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) को क्षमता अभिवृद्धि गरिँदैछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो। प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न करिब रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ। “विमानस्थलको स्तरोन्नतिपछि २० देखि…

Read More
Main Headlines Society 

रवि लामिछाने समर्थकमाथि अश्रुग्यास प्रहार

२० कार्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि थप अनुसन्धानका लागि प्रहरीले कास्की मंगलबार अदालत लैजाँदै गर्दा उनका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। सहिद चोकस्थित अदालत लैजाने बाटोमा जिल्ला प्रशासन कार्यालय नजिकै रास्वपा कार्यकर्ताको प्रदर्शन भएको हो। प्रदर्शनमा उत्रिएका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। पोखराको वाईचोकमा उपस्थित भएका रास्वपा कार्यकर्ताले रविको रिहाइको माग गर्दै सरकार विरोधी नारा लगाएका छन्। कास्की प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको ठाउँतिर रास्वपा कार्यकर्ता जान लागेपछि प्रहरीले अश्रुग्यास हानेर उनीहरुलाई अगाडि बढ्न रोकेको…

Read More
Business Main Headlines 

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

२० कात्तिक, काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।   रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । दसैं र तिहारको सार्वजनिक विदामासमेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको सहायक कम्पनी…

Read More
Business Main Headlines Society 

छठ पर्वका लागि जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा आयात

१९ कार्तिक, काठमाडाैंँ । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले अघिल्लो वर्ष करिब चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिए ।जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको…

Read More
Lifestyle Main Headlines Society 

दिदी बहिनी र दाजुभाइ नहुँनेले बालगोपालेश्वरमा गएर भाइटिका लगाए

१८ कार्तिक, काठमाडौं । प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौँस्थित रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन्। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजाआजा एवं दर्शन गरी टीका लगाउने गर्दछन्। दिदीबहिनी र दाजुभाइ नहुने भक्तजन बिहान ६ बजे अघिदेखि नै मन्दिर प्रवेश गरेका थिए। मन्दिर बिहान ६ बजे अघिदेखि नै खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष नवीन मानन्धरले जानकारी दिए। मन्दिर आज भक्तजन आएसम्म खुला गरिने पनि उनले बताए। बिहान…

Read More
Health Lifestyle Main Headlines 

तिहारमा भाइमसलाः यस्ता छन् भाइमसलाका फाइदा र महत्व

१८ कार्तिक, काठमाडौं । भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइमसला दिने प्रचलन रहेको छ । तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसाला दिने चलन छ । भाइमसलाको रुपमा समेटिने ओखर, नरिवल, बदाम, सुपारी काजु आदि पोषणको खजना हो । खासगरी जाडो याममा शरीरलाई आवश्यक पोषणको आपूर्ति गर्न यही खानेकुरा उपयोगी हुन्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । भाइमसलाको रुपमा समेटिने ओखर आफैमा एन्टि अक्सिडेन्टको स्रोत हो । सले शरीरलाई संक्रमणबाट जोगाउनुका साथै कयौ विमारीहरुबाट शरीरलाई बचाउँछ । दाजुभाइका…

Read More
Lifestyle Main Headlines Society 

कात्तिक शुक्ल द्वितीया : तिहारकाे अन्तिम दिन आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

बालगोपालेश्वर आजैका दिनमात्र खुल्ने राजेन्द्र तिवारी १८ कार्तिक, काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको…

Read More
Business Main Headlines 

तिहारका लागि मुस्ताङबाट ४००० भेडा-च्यांग्रा बिक्री, पोखरादेखि काठमाडौँसम्म लगिए

१७ कार्तिक, काठमाडौँ तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडा-च्यांग्रा बिक्री भएको छ। म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरु भएदेखि चार हजार ४० भेडा-च्यांग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दसैँ पर्वका लागि आठ हजार भेडा-च्यांग्रा बिक्री भएको थियो। पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडा-च्यांग्रा मात्र बजार पठाउने गरिएको छ। दसैँ र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडा-च्यांग्रा बजारमा बिक्री भएको हो। ‘उत्पादन बढेको र मूल्य…

Read More
Main Headlines Society 

आजबाट नेपाल संवत् ११४५ प्रारम्भ

१७ कार्तिक, काठमाडौँ। नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७(इ सं ८८०)मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो। पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए। “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने।…

Read More