Main Headlines 

थाई एयर एसियालाई प्रतिबन्ध

१२ कात्तिक, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र  चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ ।  उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “आइतबारदेखि (कात्तिक ११ देखि चैत २४ सम्म) सुरु भएको हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको वायु सेवालाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा सम्पूर्ण उडान रद्द गरिएको छ । तत्कालका…

Read More
Agriculture Business Main Headlines 

आजदेखि लागू हुनेगरी अण्डाको मूल्य वृद्धि

१२ कात्तिक, काठमाडाैँ । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन्। किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएपछि खुशी भएका हुन्। नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार आजदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु पाँच सय, मध्यम रु चार सय ८५ र ‘एक्सएल’ रु पाँच सय १५ कायम गरिएको छ। यसअघि गत साउन मसान्तमा यही दररेटमा अण्डा बिक्री भएकामा क्रमशः घटेर ठूलो अण्डा रु तीन सय ६०, मध्यम रु…

Read More
Business Main Headlines 

लाइन काटेपछि उत्पादन ठप्प

१२ कात्तिक, भैरहवा । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेपछि उद्योगको उत्पादन ठप्प भएको छ । डेडिकेटेड तथा ट्रङ्क लाइन विवादमा रहेका रुपन्देहीका सबै उद्योगको लाइन प्राधिकरणले काटिदिएको छ । प्राधिकरणको लाइन काटिँदा सबै उद्योगको उत्पादन बन्द भएको सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो । डेडिकेटेड तथा ट्रङ्क लाइन विवादमा रहेका उद्योगले विद्युत् महसुल भुक्तानी नगरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको हो । प्राधिकरणले बुटवल–भैरहवा कोरिडोरमा रहेका ११ उद्योगसहित १८ उद्योगको लाइन काटिदिएको छ । बुटवलस्थित नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय मातहतमा रहेका विद्युत् वितरण केन्द्रबाट खटिएका कर्मचारीको…

Read More
Main Headlines Prabas 

आजदेखि काठमाडौँमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन हुँदै

११ कार्तिक, काठमाडाैँ । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ। साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौँ आइसक्नुभएको र सोका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको महासचिव गौरीराज जोशीले जानकारी दिए। कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली…

Read More
Business Main Headlines Society 

राजस्व कार्यालय मकवानपुरले उठायो लक्ष्यको ८५ प्रतिशत राजस्व

१० कार्तिक, काठमाडौं । आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को पहिलो तीन महिनामा एक अर्ब ८६ करोड ७५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा एक अर्ब ५७ करोड ८९ लाख रूपैयाँ राजस्व संकलन भएको छ। यही साउनदेखि असोज महिनासम्मको अवधिमा अन्तःशुल्कतर्फ एक अर्ब ४१ लाख रूपैयाँ, आयकरतर्फ २० करोड ४४ लाख रूपैयाँ, मूल्यअभिवृद्धि करतर्फ १८ करोड ८५ लाख रूपैयाँ, स्वास्थ्य जोखिम करतर्फ १५ करोड ९९ लाख रूपैयाँ,…

Read More
Business Main Headlines Society 

तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

०८ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गत टक्सार महाशाखाले आज एक सूचना जारी गर्दै सुनको असर्फी र चाँदीका सिक्का बिक्री खुला गर्न लागिएको जानकारी गराएको हो  ।  महाशाखाले २।५ ग्रामका सुनको असर्फी प्रतिव्यक्ति एक थानका दरले फर्स्ट कम फर्स्ट सर्भडका आधारमा कात्तिक १३ गते मंगलबार १ दिनमात्र बिक्री खुला गर्नेछ।  ग्राहकले बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म महाशाखाबाट सुनका असर्फी खरिद गर्न सक्नेछन्। यसैगरी कात्तिक ११ गतेदेखि कात्तिक १४…

Read More
Agriculture Business Main Headlines Society 

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

०८ कार्तिक, म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भने, “यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो । प्रारम्भिक मूल्याङ्कनअनुसार यस वर्ष करिब रु ९३ करोडको हाराहारीमा स्याउ निर्यात भएको पाएका छौँ, पूरै तथ्याङ्क अझै आइसकेको छैन । यस वर्ष…

Read More
Business Main Headlines Political Finance 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

०७ कार्तिक, काठमाडाैँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो। उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्। यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ। सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ। विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन…

Read More
International Main Headlines 

१६औं ब्रिक्स सम्मेलन आजदेखि

०६ कार्तिक, काठमाडाैँ । १६औं ब्रिक्स आजदेखि शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् । सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने बीबीसीले जनाएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । पुटिनले बिहीवार अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्नेछन् । यसअघि ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले भने टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि रुसको भ्रमण…

Read More