Banking Business Corporate Main Headlines 

निक्षेप तथा कर्जा सुरक्षण संस्थाहरूको भेला

०४ असोज, काठमाडौँ । नेपालमा एसियाका विभिन्न १६ वटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला हुने भएको छ । शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलन (एसिक कन्फ्रेन्स) मा ती देशका सरकारी निकाय सहभागी हुने भएका छन् । ३६ औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो । सम्मेलन सोमबारसम्म चल्ने छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औँ वार्षिकोत्सव एवं एसिक सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायले आआफ्नो देशको अनुभवसहित यस क्षेत्रका समसामयिक विषयमा सरोकारवालाबिच शुक्रबार गहन छलफल गर्ने कोषका…

Read More
Business Main Headlines 

डेडिकेटेड र ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

०४ असाेज, काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ। प्राधिकरणका प्रवक्ता चन्दन घोषले भदौ २४ गते नै उद्योगी व्यवसायीलाई बक्यौता बुझाउन भन्दै पत्र पठाएको बताए। डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता भएका उद्योगलाई कात्तिक ८ गतेको अल्टिमेटमसहित पत्र पठाइएको उनले बताए। प्राधिकरणले बक्यौता रहेका ६१ उद्योगलाई पत्र पठाएको हो। यो बक्यौता ०७२ साउनदेखिको भए पनि विवाद ०७६ मा प्राधिकरणले छुट बिल पठाएपछि सुरु भएको हो। प्राधिकरण आर्थिक प्रशासन विनियमावली, ०६८, विद्युत् वितरण विनियमावली, २०६९ को विनियम २० र विद्युत् महसुल संकलन…

Read More
Main Headlines 

टेलिकमले ल्यायो संविधान दिवस अफर, के-के छन् सुविधा?

०२ असोज, काठमाडाैं । संविधान दिवस (३ असोज)को अवसरमा नेपाल टेलिकमले विभिन्न अफर ल्याएको छ। टेलिकमले ल्याएको यो अफर आज (२ असोज)देखि असोज ४ गते (शुक्रबार) सम्म लागू हुनेछ। टेलिकमले सार्वजनिक गरेको अफर अनुसार ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल प्राप्त हुनेछ। त्यसैगरी, १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा र १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा प्राप्त हुने टेलिकमले जनाएको छ। त्यसैगरी २९९ रुपैयाँमा मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन…

Read More
Banking Main Headlines 

बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली जारी

०२ असाेज, काठमाडाैं । बैङ्क खाता रोक्का र फुकुवासम्बन्धी व्यवस्था गर्न विनियमावली जारी भएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार विनियमावली, २०८१ जारी गरेको हो । बैङ्क खाता रोक्का राख्न तथा रोक्का रहेका बैङ्क खाता फुकुवासम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११० को व्यवस्थाबमोजिम विनियमावली जारी गरेको राष्ट्र बैङ्कले जनाएको छ । असोज १ देखि लागु हुने विनियमावली प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैङ्कसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्ने छ । विनियमावलीमा उल्लेख भए अनुसार बैङ्क खाता रोक्का…

Read More
Business Main Headlines Society 

नौ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

०२ असोज, काठमाडौँ । चालु आर्थिक वर्षको भदौ महिनामा झन्डै नौ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार भदौ महिनामा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । गत साउन महिनामा विभिन्न देशका लगानीकर्ताले ५९ परियोजनामार्फत आठ अर्ब ५५ करोड ५० लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता गरेका थिए । भदौ महिनामा सबैभन्दा धेरै सूचना प्रविधिमूलक परियोजना, पर्यटन र सेवामूलकमा वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ । यस्तै भदौ महिनामा सबैभन्दा धेरै स्वचालित मार्गबाट ८६ करोड २५…

Read More
Business Corporate Main Headlines 

नेपाल वायुसेवा निगमलाई दिएको २७ अर्ब बढी ऋण उठाउन कोषलाई अर्थमन्त्री पौडेलको निर्देशन

०१ असोज, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिनुभएको छ । सोमबार कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले कोषले सरकार ग्यारेन्टी रहेको भन्दैमा लगानी उठाउन निर्देशन दिनुभयो । उहाँले कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समीक्षा गर्न जरुरी भएको औँल्याउनुभयो। उहाँले नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको दिएको २७…

Read More
Agriculture Business Main Headlines 

सिमी प्रतिकेजी १० रुपैयाँले घट्दा कागती र अकबरे खुर्सानी महँगियो, पार्सलेको भाउ १७ सय पुग्यो

०१ असाेज, काठमाडौँ । कालीमाटी तरकारी बजारमा आज मङ्गलबार अधिकांश तरकारी र फलफूलको भाउ स्थिर रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज अकबरे खुर्सानीको भाउ प्रतिकेजी २९० रुपैयाँ र कागतीको भाउ २२३ रुपैयाँ ३३ पैसा पुगेको छ । त्यस्तै, पार्सलेको भाउ आज पनि बढेको छ । सोमबार प्रतिकेजी १६ सय ६६ रुपैयाँ ६७ पैसा रहेको पार्सलेको भाउ बढेर आज १७ सय रुपैयाँ पुगेकोे हो । भटमासकोशा पनि प्रतिकेजी १० रुपैयाँले बढेर ११० रुपैयाँ, परवर ४५ रुपैयाँ र तोरीको साग ६० रुपैयाँ पुगेको छ…

Read More
Business Corporate Main Headlines 

बर्जर पेन्ट्सले ल्यायो चाडपर्व ग्राहक योजना ‘बर्जर नगद उत्सव’

३१ भाद्र, काठमाडौँ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ। बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई १ लाखसम्म नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले बर्जर पेन्ट्सले चाडपर्वमा सुन्दर तरिकाले घर रंग्याएर चाडपर्व मनाउने राम्रो तरिका भएको बताए।‘यस अभियानमार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौँ’, उनले भने, ‘हामीलाई विश्वास छ चाडपर्वलाई अझ विशेष बनाउँदैै यस अभियान नेपालभरका परिवारमाझ…

Read More
Banking Business Main Headlines 

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र(एजुकेशनहव) स्थापना

३१ भाद्र, काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो सेवापरिस्कृत गर्ने क्रममा आजमिति २०८१/०५/२८गतेगण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्चशिक्षा हासिल गर्न जानेहरुकालागिआवश्यक शैक्षिक कर्जा सहजतथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामाशैक्षिक केन्द्र (एजुकेशनहव) स्थापना गरेको छ । स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेश स्तरबाट उपलब्ध हुन सक्ने सहजभुमिकालाई मध्यनजर गर्दै प्रभु बैँक लि. गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्तविभाग स्थापना गरिएको हो । हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागिविद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागिआवश्यक वित्तियलागत परिपुर्ति गर्नको लागिआवश्यकपर्ने…

Read More
Banking Health Main Headlines 

बाल अस्पताललाई निफ्राको ५० लाख

३१ भाद्र, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान् कोइरालालाई हस्तान्तरण गर्नुभएको हो । बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीका साथै नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायब महाप्रबन्धक विनयनाथ न्यौपानेलगायतका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । बैंकबाट प्रदान भएको रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्य लिई स्थापना…

Read More