Corporate Main Headlines 

दशैंअघि नै काठमाडौं-भरतपुर उडान गर्ने श्री एयरलाइन्सको तयारी

३० भदाै, काठमाडाैँ । श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं–भरतपुर उडान गर्ने तयारी गरेको छ । गत असार ६ गते काठमाडौं–भरतपुर परीक्षण उडान गरेको श्रीले ७२ सिटे एटिआर विमान भरतपुर उडाउने तयारी गरेको हो । परीक्षण उडान सफल भएसँगै काठमाडौं–भरतपुर व्यावसायिक उडान गर्न चाहेको श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । उनले दशैं अघि नै भरतपुरमा सेवा दिने गरी उडान अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । भरतपुर विमानस्थलको रनवे सानो भएका कारणले ७२ सिटे विमान आउन नसक्ने भनिएता पनि श्रीले ८० सिटे जहाजकै सफल परीक्षण उडान गरेपछि…

Read More
Banking Main Headlines Technology 

डिजिटल कारोबारलाई निःशुल्क बनाउने सरकारको तयारी

३० भदाै, काठमाडाैँ । सरकारले डिजिटल कारोबारलाई निःशुल्क बनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई व्यवस्थित र निःशुल्क बनाउने विषयमा सम्बन्धित अधिकारीसँग सरकार छलफलमा रहेको बताएका हुन् । एक जनाको समस्यालाई आफ्नो स्टाटसमा समेट्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं ।…

Read More
Main Headlines 

कृषि विकास बैंकमा सञ्चालक हेरफेर, अर्थले पठायो मैनालीलाई

२९ भाद्र, काठमाडाैँ । कृषि विकास बैंकमा सञ्चालक हेरफेर भएको छ। अर्थ मन्त्रालयले यही २० गतेको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव दीर्घराज मैनालीलाई सञ्चालक नियुक्त गरेको हो। सोअनुसार बैंक सञ्चालक समितिको २५ गते बसेको बैठकमा मैनालीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार सञ्चालक समिति सदस्यको शपथ लिएका छन्। मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ,…

Read More
Business Main Headlines Technology 

टेलिकम हाँक्ने कुर्सीमा पुगेकी ‘टावर चढ्ने महिला’

२९ भाद्र, काठमाडाैँ । ‘एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौंला’, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन थालिन्। नेपाल टेलिकमको सुरुवाती जागिरे जीवनमा हिम्मतका साथ ५० मिटर अग्लो ट्रान्समिटर चढेर टेलिफोन सेवा दिएकी अर्याल जिम्मेवारीसहितको अग्लो कुर्सीप्रति भने अलि संवेदनशील रहेको बताइन्। अग्लो कुर्सीमा बसेर भुइँसम्मै सेवा पुर्‍याउनुपर्छ भन्ने उनको मानसपटलमा स्पष्ट छ। त्यसैले उनी भन्छिन्, ‘मैले कहिल्यै पद हेरिनँ, कर्म हेरें। कर्मले डोर्‍याउँदै यहाँसम्म ल्याइपुर्‍यायो।’ काठमाडौंको पुतलीसडकमा जन्मिएकी अर्यालले डिल्लीबजारस्थित…

Read More
Business Main Headlines Society 

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउनुपर्छ : अर्थमन्त्री पौडेल

२८ भदौ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताउनुभएको छ। आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो। अर्थमन्त्री पौडेलले कार्य प्रकृया सरलीकरण…

Read More
Corporate Main Headlines 

नेपालमा ऊर्जा पूर्वाधारको विकासका लागि सरकारले नीतिगत परिवर्तन गर्नु आवश्यक छ : इप्पान अध्यक्ष कार्की

२८ भदाै, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको बताएका छन्। काठमाडौंमा जारी नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको छलफलमा बोल्दै अध्यक्ष कार्कीले २८ हजार ५०० मेगावाट उत्पादन गर्दा ४६ खर्ब रूपैयाँ लगानी चाहिने र यसै अनुसार यससँग जोडिने अन्य व्यापार व्यावसायका लागि पनि धेरै ठूलो अवसर आउने बताएका हुन्। ‍’२८ हजार मेगावाट उत्पादनको लागि ४६ खर्ब रूपैयाँ लगानी आवश्यक छ। यसमा बैंक, इन्स्योरेन्स र रिइन्स्योरेन्सका लागि धेरै…

Read More
Main Headlines 

सरकारी कर्मचारीलाई गरिमा क्यापिटलले ल्यायो निःशुल्क लगानी व्यवस्थापन सेवा

२७ भदाै, काठमाडाैं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि “सित्तैमा” लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने योजना बजारमा ल्याएको छ । देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी शेयर बजारमा लगानी गर्ने रु कसरी शेयर कारोबार गर्ने रु भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “सित्तैमा लगानी व्यवस्थापन सेवा योजना” संचालनमा ल्याएको छ । यस योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरुको…

Read More
Banking Main Headlines 

भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

२७ भदाै, काठमाडाैं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई मध्यबानेश्वर मा स्थित भेनस हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच भेनस हस्पिटल प्रालिका तर्फबाट जनरल म्यानेजर मनी ढकाल र प्रभु बैंक लि.का तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्ट ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सो समारोहमा प्रभु बैंक लिमिटेड,बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटल प्रा.लि. की प्रशासन प्रमुख मनी न्योैपाने समेतको उपस्थित रहेको थियो ।…

Read More
Main Headlines 

मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रमको आयोजना

२७ भदाै, काठमाडाैं । विविधतामा एकताको जीवन्त उत्सवमा, मेटलाइफ नेपालले मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया नेपाल र भियतनामका प्रमुख, एलेना बुटारोभासँग संयुक्त रूपमा, देशभरका बिभिन्न ठाउँबाट शीर्ष प्रदर्शन गर्ने आफ्नो अभिकर्ता टोलीको अघिल्लो वर्षको सफलता र समर्पित सेवालाई प्रशंसा गर्न, काठमाडौंमा हिजो भव्य कार्यक्रमको आयोजना गरेको थियो । नेपालको हरेक कुनाबाट मेटलाइफका अभिकर्ताहरू आफ्नो परम्परागत राष्ट्रिय पोशाकमा आइपुगेका थिए, जसले समावेशीताप्रति कम्पनीको प्रतिबद्धता र कसरी जीवनका सबै भौगोलिक क्षेत्रका मानिसहरूले नेपाली परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने एउटै साझा उद्देश्य पूरा गर्न एकसाथ काम गर्छन् भन्ने कुराको रंगीन प्रतिनिधित्व…

Read More
Agriculture Business Main Headlines 

नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु

२७ भदाै, काठमाडाैं । नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए । उनले भने,“त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ ।” यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताए । ग्रामीण…

Read More