Main Headlines 

डुडुवामा नयाँ पुल बनेपछि आवागमन सहज

१९ भदौ, बाँके । नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने बाध्यता हटेको छ । यसअघि पुल साँघुरो भएका कारण एकतर्फी मात्र सवारीसाधनले पुल वारपार गर्नुपर्ने अवस्था थियो । डुडुवामा दुई लेन फराकिलो नयाँ पुल बनेपछि सवारीसाधन आवागमनमा सहज भएको नरैनापुर–३ निवासी ताजमोहम्मद खानले बताए । नयाँ पुल सञ्चालनमा आएपछि समयको बचतसँगै दुर्घटनाको जोखिम हटेको उनको भनाइ छ । यो पुलको निर्माण तोकिएको समयभन्दा करिब ६ महिनाअघि नै सम्पन्न…

Read More
Main Headlines 

दसैँमा सुकिला नोट मात्रै, नयाँ नोट बन्द

१९ भदौ, काठमाडौँ । हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ ।दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिनुभयो । यस पटक दसैँमा नयाँ नोट वितरण…

Read More
Business Main Headlines 

अब निजी क्षेत्रले गुनासो गर्न छोड्नु पर्छ : अर्थमन्त्री पौडेल

१६ भाद्र, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई गुनासोबाट बाहिर निस्केर लगानी, उत्पादन र रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्। सरकारले निजी क्षेत्रका समस्या सुनवाई गर्ने र उचित समाधान खोज्न तयार रहेकाले अब निजी क्षेत्रले गुनासो गर्न छोड्ने बेला आएको बताएका हुन्। आइतबार आर्थिक पत्रकार समाज नेपाल (सेजन)को २६औं सधारणसभामा बोल्दै उनले आर्थिक स्थिरताको लागि राजनीतिक स्थायित्व आवश्यक रहेकाले कांग्रेस-एमाले गठबन्धन बनेको र यो गठबन्धनको भूमिका महत्वपूर्ण रहेको औंल्याए। मौद्रिक नीतिप्रति यो तहको स्वागत ऐतिहासिक भए पनि यसले शिथिलता चिर्न पर्याप्त नभएको पनि स्वीकार गरे। मन्त्री पौडेलले आर्थिक सुधारका…

Read More
Main Headlines Political Finance 

बजेटमा परेका २५ प्रतिशत योजना पूर्ण कार्यान्वयन, चार बुँदाको कार्यान्वयन शून्य

०५ भदाै, काठमाडाैं । गत आर्थिक वर्ष २०८०\८१ को बजेट वक्तव्यमा उल्लेख भएका निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित योजना एवं कार्यक्रममध्ये करिब २५ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा आएको देखिएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआइ)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा तयार पारेर आज सार्वजनिक गरेको ‘बजेट वाच’ प्रतिवेदनअनुसार निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बजेटमा परेका ७३ बुँदाहरुको वार्षिक कार्यान्वयन प्रगति कमजोर देखिएको हो । बजेटमा परेका २४ दशमलव ६५ प्रतिशत अर्थात् १८ वटा बुँदा पूर्ण कार्यान्वयन भएको, ६९ दशमलव ८६ प्रतिशत अर्थात् ५१ बुँदा आंशिक कार्यान्वयन भएको र पाँच…

Read More
Banking Business Main Headlines 

यस्तो छ देशको एक वर्षको आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

०२ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक एक वर्षको तथ्यांकसहितको उक्त रिपोर्टअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । यस्तै आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो। बैंकका अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । यस्तै शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति…

Read More
Main Headlines Share Market 

तीन जिल्ला बिदामा किन खुल्दैन शेयर बजार ? के चाहन्छन् लगानीकर्ता, के भन्छन् नियामक ?

०२ भदाै, काठमाडाैं। पछिल्लो समय शेयर बजार बढिरहेको छ। बजार सूचक नेप्से ३००० माथि पुगेको थियो। आज करेक्सन आएर नेप्से परिसूचक फेरि २९६६.३३ को विन्दुमा बन्द भएको छ। दैनिक कारोबार रकमले फड्को मारिरहेको छ। यो साता सोमबार र मंगलबार सार्वजनिक बिदा दिइएको छ। सोमबार जनैपूर्णिमा परेको छ। यो दिन देशभर सार्वजनिक बिदा दिइएको छ।मंगलबार गाईजात्रा परेको छ। यो दिन उपत्यका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिइएको छ। सार्वजनिक बिदा नपरेको खण्डमा शेयर बजारमा साताको ५ दिनमात्रै कारोबार हुन्छ। शुक्रबार र शनिबार शेयर कारोबार हुँदैन। तर, यो साता…

Read More
Business Main Headlines 

धार्मिक एवम् पर्यटकीयस्थल गोसाईकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

०२ भदौ, रसुवा । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको छ । वत्ति पुगेसँगै गोसाईकुण्ड क्षेत्र झिलिमिली भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाइकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो । अहिलेसम्म गोसाईकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय…

Read More
Banking Main Headlines 

बैंकहरुमा नयाँ ब्याजदर

०२ भाद्र, काठमाडौं । भदौ १ गतेबाट बैंकहरुमा नयाँ ब्याजदर लागू भएको छ । वाणिज्य बैंकहरूले भदौबाट लागू हुने गरी निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार एउटा बैंक प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने ७ बैंकले स्थिर राखेका छन् । स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् । १२ बैंकले ब्याजदर घटाएका छन् । जसले गर्दा औसत ब्याजदर पनि घटेको छ । साउन महिनामा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैंकहरुको अधिकतम औसत ब्याजदर…

Read More
Main Headlines 

कृषि विकास बैंकद्वारा अटिजम केयर सेन्टरलाई सहयोग 

काठमाडौँ — कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअर्न्तगत अटिजम, बौद्धिक अपांगता केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । चन्द्रागिरी नगरपालिका– १२ बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर सेन्टरलाई सहयोग गरेको हो । कृषि विकास बैंकका निमित प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अटिजम भएका बालबालिकाहरुको हेरचाह, आधारभूत शिक्षण तथा सिकाइ कार्यका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरेको बताए । महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम केयर सेन्टर बलम्बुमा अहिले आशिक र नियमित गरि १५ जना बालबालिका सिकाई प्रक्रियामा रहेका छन् ।

Read More