Main Headlines 

आइसिएफसि फाइनान्सको डिबेञ्चर ओभर सब्स्क्राइब्ड, दुई गूणा बढी आवेदन

१० माघ, काठमाडाैं । आइसिएफसि फाइनान्स लिमिटेडले निष्काशन गरेको ऋणपत्र पहिलो दिन नै ओभर सब्स्क्राइभ भएको छ । फाइनान्सले वार्षिक ९ प्रतिशत ब्याजदरमा निष्काशन गरेको ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ का ऋणपत्रमा सोमबार बिहान १० बजेसम्ममा २.११ गूणा बढी आवेदन परेको हो । फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरमा सर्वसाधारणमा १ लाख २० हजार कित्ता निष्काशन गरेकोमा बिहीबार बिहान १० बजेसम्ममा ४ हजार २५९ वटा आवेदनबाट कुल ३ लाख ३ हजार ८१२ कित्ता माग भएकोमा ४७७ वटा आवेदन रद्ध भएका छन् । रद्ध भएका आवेदन…

Read More
Banking Main Headlines 

उद्यम गर्न चाहनेलाई बिनाब्याज ऋण

१० माघ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजको ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले पाँच लाख रुपैयाँसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याजका ऋण दिने सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवद्र्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन,…

Read More
Main Headlines 

आम्दानीसँगै खस्कियो निफ्राको नाफा

०७ माघ, काठमाडौं । नेपाल पूर्वाधार बैंक (निफ्रा)को नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६४ करोड १९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा खुद नाफा ६८ करोड ९९ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी घट्दा नाफामा असर परेकोछ । यो दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ४ करोड छ । पहिले यसै अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ थियो । कम्पनीको खुद नाफामा कमी आउँदा प्रतिसेयर आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले ६ रुपैयाँ ३९…

Read More
ipo Main Headlines Share Market 

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा माघ १५ गतेदेखि आवेदन दिन सकिने

०७ माघ, काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि…

Read More
Main Headlines 

नयाँ दिल्लीमा नेपाल-भारत व्यापार सम्झौताको विषयमा छलफल

०७ माघ, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार नयाँ दिल्लीमा भारत सरकारका वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपीसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग छलफल गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले नेपाल र भारतको व्यापार सम्झौतालाई थप विस्तार र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेको हो । द्विपक्षीय आयात निर्यातलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा पहिलो चरणको छलफल सम्पन्न भएको हो । अर्को चरणको छलफलको लागि दुबै पक्षले अर्को मिति तोकेर भारतको इइपीसीलाई नेपालमा…

Read More
Agriculture Main Headlines Travels & Tourism 

आजदेखि पोखरामा दाइँ महोत्सव, अफ सिजन’मा पर्यटकलाई आकर्षण

०६ माघ, काठमाडौँ । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ। पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा सञ्चालन हुने सो परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले…

Read More
Education Main Headlines 

महानगरपालिकाले हामीलाई पनि सम्झियो : तालिममा सहभागी हुन पाएकोमा खुशी छौँ – शिक्षकहरु 

७२० जनाको क्षमतामा तालिममा ३९७ जना शिक्षक सहभागी ०५ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको शिक्षक तालिममध्ये कक्षा ९ र १० का शिक्षकहरुको तालिम आज सकिएको छ । दरबार स्कूलमा हिजो र आज गरी २ दिन चलाइएको तालिममा गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरु सहभागी गराइएको थियो । तालिममा सामुदायिक विद्यालयका १ सय जना र संस्थागत विद्यालयका ८० जना शिक्षक सहभागी हुनुभयो । उहाँहरुमध्ये २० जना काठमाडौँ महानगरपालिका स्थायी बसोबास भएका शिक्षक हुनुहुन्थ्यो । विषयगत रुपमा हेर्दा सामुदायिक विद्यालयबाट सबैभन्दा धेरै अंग्रेजी र सामाजिक विषयका २२/२२ जना…

Read More
Business Main Headlines Society 

पत्रकार भुसाल वाणिज्य महासंघको सञ्चार तथा अनुसन्धान परामर्शदाता नियुक्त

०५ माघ, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को सञ्चार तथा अनुसन्धान परामर्शदाताको रुपमा पत्रकार तथा उपप्राध्यापक टी.पी भुसाल नियुक्त भएका छन् । अढाई दशकदेखि पत्रकारिता, प्राध्यापन, विभिन्न प्रशिक्षण तथा परामर्शमा संलग्न भुसाल यसअघि नेपाल पर्यटन बोर्डको सञ्चार परामर्शदाताको रुपमा कार्यरत थिए । उनले पर्यटन बोर्डसंगै युएनडीपी र बोर्डको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानको लागि दीगो पर्यटन परियोजना (एसटएिलआरपी) का लागि पनि सञ्चार सहजकर्ताको भूमिकामा रहेर काम गरेका थिए । विभिन्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा रहेर पत्रकारिता गरिरहेका भुसालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मावनशास्त्रमा स्नातकोत्तर तथा अर्थशास्त्र र कानूनमा स्नातक गरेका छन…

Read More
Main Headlines Society 

कोपमा गएको टोलीबारे प्रश्न

०४ माघ, काठमाडाैँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले जलवायु परिवर्तनका विषयमा काम गर्न र अन्तर्राष्ट्रियस्तरमा नेतृत्व गर्न व्यवस्थित टोली बनाउन निर्देशन दिएको छ । जलवायु परिवर्तन महासन्धिको पक्षराष्ट्र नेपालले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदा व्यवस्थापन र नेतृत्वको शैली संस्थागत नहुँदा काम गर्न कठिन भएको भन्दै समितिले सो निर्देशन दिएको हो । समितिले विश्व जलवायु सम्मेलन (कोप–२९) को समीक्षा र नेपालको आगामी कार्यदिशा विषयमा छलफल गर्न वन तथा वातावरण, अर्थ, ऊर्जा तथा सिँचाइ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीसँग छलफल गर्ने क्रममा सो निर्देशन दिएको हो ।…

Read More
Education Lifestyle Main Headlines 

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

०४ माघ, काठमाडाैँ । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्पmको व्यय ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू…

Read More