Main Headlines Society 

८ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ध्रुवराज राउत

१० मंसिर, काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समितिका सदस्य-सचिव टेक प्रसाद राईले जानकारी दिए। उनका अनुसार एसएसपी ध्रुवराज राउत, भोलाबहादुर राउत, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक डिआइजी बढुवामा सिफारिस भएका हुन्। उनीहरुको बढुवा आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि हुनेछ। सूचनामा भनिएको छ, ‘नेपाल प्रहरीमा…

Read More
International Main Headlines 

धनी देशले विकासोन्मुख देशलाई प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर दिने सहमति

०९ मंसिर, काठमाडौं। दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामना गर्न सहयोग गर्न प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यो रकम धनी देशहरूले समयावधि समाप्त हुने प्रतिबद्धताअन्तर्गत उपलब्ध गराएको १०० अर्ब अमेरिकी डलर र शुक्रबारको मस्यौदामा प्रस्तावित २५० अर्ब अमेरिकी डलरभन्दा बढी हो । जलवायु वित्त निर्माणको ‘जग’ तयारः गुटेर्रेस संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अजरबैजानमा आइतबार बिहान भएको जलवायु वित्त सम्झौता पर्याप्त नभएको भन्दै यसलाई जलवायु वित्तको ‘आधार’का…

Read More
Banking Main Headlines 

बैंक सम्बन्धी रोचक तथ्यहरु

०९ मंसिर, काठमाडौं । पहिले पैसा र बहुमूल्य वस्तुहरूको भण्डारण गर्ने पहिलो संस्थाहरू मन्दिरहरू थिए । उदाहरणका लागि, पुरातन एथेन्सका बासिन्दाहरूले आफ्नो बचत एक्रोपोलिसका मन्दिरहरूमा राखेका थिए र मध्ययुगीन युरोपेलीहरूले अक्सर मठहरूमा पैसा बचत गर्ने गर्दथे । ‘बैंक’शब्द इटालियन मूलको हो । भेनिस गणतन्त्रमा XV–XVI शताब्दीहरूमा शब्द बान्को (इटालियन बेन्च, टेबलबाट अनुवाद गरिएको) लाई बेन्च भनिन्थ्यो । जसमा पैसा–परिवर्तकहरू र ब्याजकर्ताहरूलाई सिक्का र व्यापार कागजहरू राखिन्थ्यो । यदि यहूदी दिवालिया थियो र आफ्नो भुक्तानी दायित्वहरुको लागि पैसा तिर्न सक्दैन, त्यसपछि यो बेन्च उनको टाउकोमा भाँचिएको थियो । इटालियन बान्को रोट्टो (ब्रेक…

Read More
Business Main Headlines 

चिलिमेका तीन जलविद्युत आयोजनाको निर्माण सकियो, १६८ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपियो

०९ मंसिर, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । तीनवटा जलविद्युत आयोजनाहरु निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाहरुबाट उत्पादित विद्युत् विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०÷१३२÷३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न…

Read More
Main Headlines 

महँगोबाट केही घट्यो डलर, कस्तो छ रिंगेट र दिनारको भाउ?

०८ मंसिर,काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा छ। हिजो अहिलेसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको मूल्य आज केही घटेको हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा थियो। त्यसैगरी आज युरो…

Read More
Business Main Headlines Share Market 

धितोपत्रमार्फत एनआरएनको लगानी भित्र्याउन निर्देशिका संशोधन, के छ व्यवस्था ?

०७ मंसिर, काठमाडौं । धितोपत्रमार्फत गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डले नीतिगत व्यवस्था गरेको छ । इन्भेष्टमेन्ट कम्पनीमार्फत गैरआवासीय नेपालीको लगानी भित्र्याउनका लागि धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन भएको हो । सरकार र एनआरएनको संयुक्त लगानीमा इन्भेस्टमेन्ट कम्पनी खुल्नेछन् । तिनै इन्भेस्टमेन्ट कम्पनीले धितोपत्र बोर्डबाट अनुमति लिएर एनआरएनका लागि नै सेयर जारी गर्न पाउने व्यवस्था निर्देशिकामा समेटिएको हो । सरकार र एनआरएनको संयुक्त लगानीका इन्भेस्टमेन्ट कम्पनीले ४९ प्रतिशतभन्दा बढी र १० प्रतिशतभन्दा घटी नहुनेगरी अरु गैरआवासीय नेपालीका लागि सेयर जारी गर्न सक्छन् । ‘गैरआवासीय नेपालीकै सेयर लगानीमा…

Read More
Business International Main Headlines 

नेपालमा थपियो अर्काे विदेशी मुद्रा, अब ओमानी रियाल पनि खरिदबिक्री हुने

०७ मंसिर, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ। विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ। हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ। ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका…

Read More
Business Main Headlines Travels & Tourism 

विदेश भ्रमणमा नेपालीले सके ५६ अर्ब, विदेशी पर्यटकबाट आयो १८ अर्ब

०५ मंसिर, काठमाडाैं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश भ्रमणमा धेरै खर्च गरेको पाइएको छ । विदेश भ्रमण जाने नेपालीको संख्या बढेसंगै खर्च पनि बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१\८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव पहिलो तीन महिना (साउन–असोज) मा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालीहरुले ५१ अर्ब ८० करोड रुपैयाँ विदेश भ्रमण खर्च गरेका थिए । चालु आवमा नेपाल आएका विदेशी पर्यटकले १७ अर्ब ७२ करोड रुपैयाँ…

Read More
Business Main Headlines Society 

अन्तर्राष्ट्रिय उडानको पर्खाइमा पोखरा विमानस्थल

०५ मंसिर, गण्डकी । उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन । सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यस विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेको छैन । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाएपनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा स्थानीयवासीमा गुनासो बढ्दो छ । पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो संख्यामा…

Read More
Business Main Headlines Share Market 

२७०२ मा झर्‍यो सेयर बजार, घट्यो कारोबार

०४ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार २७०२ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंक घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो । २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.११, विकास बैंक २.२९, फाइनान्स २.३१, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७, लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन १.४८, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा १.६९, अन्य…

Read More