एनआरएनलाई धितोपत्र बजारमा प्रवेश सहज
०९ मंसिर, काठमाडौँ । गैरआवासीय नेपाली (एनआरएन) लाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौँ संशोधन) निर्देशिका, २०८१ जारी भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार उक्त निर्देशिका जारी गरेको हो । संशोधनपछि सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुल्ने भएको छ । पुँजी बजारमा एनआरएनको लगानी भित्र्याउन सेयर निष्कासन तथा कारोबारसम्बन्धी विशेष व्यवस्था गर्न बोर्डले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीको सेयर निष्कासन तथा कारोबारसम्बन्धी विशेष व्यवस्था गर्दै बोर्डले निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी भन्नाले नेपाल सरकार र गैरआवासीय…
Read More