Political Finance 

‘आर्थिक सुधारको योजना चाँडै’

०७ पुष, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक सुधारका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ । म्याग्दी–काठमाडौँ सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको विभिन्न क्षेत्रका अगुवाको सम्मान समारोहलाई सम्बोधन गर्दै उहाँले निराशा हटाउने गरी आर्थिक सुधार कार्यक्रम आउने बताउनुभएको हो । उहाँले निराशा न्यूनीकरण गरेर अघि बढ्ने र देशलाई आर्थिक रूपमा सबल बनाउनका लागि काम गर्ने पक्षमा कांग्रेस दृढ रहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस छलफलमा छ । केही दिनभित्र सरकारबाट महत्वपूर्ण निर्णय गराउने गरी छलफल भइरहेको छ । तयारी भइरहेको छ । हामी दिनरात काम गरिरहेका छौँ । त्यो निर्णयबाट अहिलेको अवस्था…

Read More
Business Political Finance 

स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ आवेदन

०६ पुस, काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजना प्रस्ताव परेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २०८१ साल भदौ ११ गते स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न प्रस्ताव आह्वान गरेको थियो । प्रतिष्ठानका अनुसार अनलाइन र अफलाइनबाट गरेर ५ हजार १५८ वटा प्रस्ताव स्टार्टअप उद्यम कर्जामा सहभागिताका लागि आवेदन परेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा अधिकतम २५ लाख रूपैयाँसम्म बिना धितो ३ प्रतिशत ब्याजमा ५ वर्षका लागि स्टार्टअप उद्यम कर्जा…

Read More
Political Finance Technology 

नेपाललाई एआई एजुकेसनको हब बनाउन चाहन्छौं : प्रधानमन्त्री

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स एजुकेसन (एआई शिक्षा) को ‘हब’ बनाउन चाहेको बताएका छन् । युवा संघ नेपालले आज आयोजना गरेको एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञसँगको संवादमा उनले एसईईमा धेरै विद्यार्थी अनुत्तिर्ण हुने क्रमबाट सुधार ल्याउन एआईको उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे सरकारले हेरिरहेको बताए । उनले विज्ञान प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताए । सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए । ‘विकासको तीर्खाबाट हामी ग्रस्त छौं,…

Read More
Business Main Headlines Political Finance 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

०७ कार्तिक, काठमाडाैँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो। उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्। यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ। सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ। विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन…

Read More
Main Headlines Political Finance Society 

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

१९ असोज, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले शुक्रबार आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् । कोषमा कृषि विकास बैँकबाट एक करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबिआइ बैँकबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट ५१ लाख रकम…

Read More
Main Headlines Political Finance 

नेपालको अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान: कार्यवाहक प्रधानमन्त्री सिंह

११ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवसको अवसरमाम आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याएको योगदानको चर्चा गरेका हुन् । तर, अवस्था भने सन्तोषजनक नरहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने पनि बताए । ‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ । कूल ग्राहस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ?’ उनले भने,…

Read More
Main Headlines Political Finance 

बजेटमा परेका २५ प्रतिशत योजना पूर्ण कार्यान्वयन, चार बुँदाको कार्यान्वयन शून्य

०५ भदाै, काठमाडाैं । गत आर्थिक वर्ष २०८०\८१ को बजेट वक्तव्यमा उल्लेख भएका निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित योजना एवं कार्यक्रममध्ये करिब २५ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा आएको देखिएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआइ)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा तयार पारेर आज सार्वजनिक गरेको ‘बजेट वाच’ प्रतिवेदनअनुसार निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बजेटमा परेका ७३ बुँदाहरुको वार्षिक कार्यान्वयन प्रगति कमजोर देखिएको हो । बजेटमा परेका २४ दशमलव ६५ प्रतिशत अर्थात् १८ वटा बुँदा पूर्ण कार्यान्वयन भएको, ६९ दशमलव ८६ प्रतिशत अर्थात् ५१ बुँदा आंशिक कार्यान्वयन भएको र पाँच…

Read More