Business Share Market 

लगातार चौथो दिन घट्यो सेयर बजार

३१ वैशाख, काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बुधबार बजारको परिसूचक नेप्से १३.९६ अंक घटेको हो । योसँगै नेप्से २६२० अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रह्यो । दुई पुनर्बीमा कम्पनीको मूल्य उच्च दरमा बढ्दा अन्य समूह सबैभन्दा धेरै २.४६ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक समूह १.१९ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका…

Read More
Banking Business Share Market 

हिमालयन रिइन्स्योरेन्सको नाफा ६ प्रतिशत बढ्यो

३१ वैशाख, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा ६.२५ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा ९८ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा ९३ करोड ११ लाख रुपैयाँ थियो । खुद प्रिमियम आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । खुद प्रिमियम आम्दानी पहिले ३ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा अहिले ४ अर्ब १८ करोड छ । नाफासँगै प्रतिसेयर आम्दानी सामान्य बढेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले १२ रुपैयाँ ४१ पैसा रहेकोमा…

Read More
Business Share Market 

१४ अंक घट्यो सेयर बजार, जीवन बीमामा आकर्षण

३० वैशाख, काठमाडौं । मंगलबार सेयर बजार १४.८७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६३४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको ६ मिनेटमै बजार २६६९ अंकसम्म पुगेको थियो, जुन आजका लागि अधिकतम अंक रह्यो । बजार घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १० अर्ब २० करोडको कारोबार भएकोमा आज ९ अर्ब ६३ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने एउटाको स्थिर रह्यो । यस दिन जीवन बीमा सेक्टर सबैभन्दा धेरै ०.९५ प्रतिशत बढ्यो । यस सेक्टरका अधिकांश…

Read More
Business Share Market 

विद्युत बिक्री आम्दानी बढ्दा अपि पावरको नाफामा ६८९ प्रतिशतको वृद्धि

३० वैशाख, काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको खुद नाफा उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च दरमा बढेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो ।…

Read More
Share Market 

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

२८ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से ओरालो लागको छ । आज नेप्से ११.५३ अङ्कले ओरालो लागेको हो । आजको गिरावटसँगै बजार २६५०.११ को विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.५७ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.७९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अङ्क घटेको छ । १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.५० प्रतिशत बढेको छ । यस उपसमूहअन्तर्गत सूचीकृत ६ वटै होटलहरुको…

Read More
Business Share Market 

घट्यो सेयर बजार, बढ्यो कारोबार

२५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । बिहीबार १२.०४ अंकले घटेको बजार २६६१.६४ बिन्दुमा रोकियो । बिहीबार ०.४५ प्रतिशतले बजारमा गिरावट आएको हो । बुधबार ६१.२५ अंकले बढेको बजारमा दोस्रो दिन नै ‘करेक्सन’ देखिएको हो । बुधबार उपसूचकतर्फ मिश्रित नतिजा देखिएको छ । वित्त उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यसमा ४.१६ प्रतिशतको वृद्धि भएको छ । होटल र पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचअल फन्ड उपसूचकको मूल्य बढ्दा अन्य उपसमूहको मूल्य भने घटेको छ । बिहीबार कुल…

Read More
Share Market 

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

२४ बैशाख, काठमाडाैँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ६२ दशमलव २५ अंकले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो । आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाँघेको छ । तीन सय आठ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता शेयर ९९ हजार चीन सय पाँच पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ८४ लाख छ हजार तीन सय ५२…

Read More
Business Share Market 

सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक

२३ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । यस दिन १.०३ अंकले बढेको बजार २६११.४३ बिन्दुमा पुगेर रोकियो । यो ०.०३ प्रतिशत वृद्धि हो । आज मंगलबार कुल ३ सय १८ वटा धितोपत्रको ८० हजार ५४ कारोबारबाट २ करोड ५ लाख ४२ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भएको छ । यस दिन ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार जलविद्युत ३, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा…

Read More
Business Share Market 

१० अंक घट्यो सेयर बजार

२२ वैशाख, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ९.६२ अंक घटेको छ । आइतवार २६२० अंकमा बन्द भएको नेप्से परिसूचक २६१०.७६ अंकमा झरेको हो । सोमबार नेप्से परिसूचक मात्रै होइन, कारोबार रकम पनि खुम्चिएको छ । आइतबार ९ अर्ब २४ करोडको सेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ६३ करोडको मात्रै भएको छ । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त हुन नसकिरहेको अवस्थामा लगानीकर्ताले पर्ख र हेरको रणनीति बनाएको नेप्से र कारोबार रकमको गिरावटले संकेत गर्छ । नेप्सेका उपसूचकमध्ये सबैमा अत्यन्तै सीमान्त मात्रै तलमाथि भएको छ । सबैभन्दा बढी…

Read More
Share Market 

सेयर बजारमा गिरावट, ९ अर्ब २४ करोडको कारोबार

२१ वैशाख, काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ को विन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड माथिको सेयर कारोबार भएको छ । आज ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५५ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको…

Read More