Business Share Market 

सेयर बजार २७०४ अंकमा झर्‍यो, घट्यो कारोबार

०४ चैत, काठमाडौं । सोमबार सेयर बजार २७०४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक १०.१४ अंक घटेको हो । बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४० करोडको मात्रै भयो । ८५ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १३ को स्थिर रह्यो । विशाल बजार कम्पनीको मूल्य घट्दा व्यापार सेक्टर सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२, अन्य…

Read More
Business Share Market 

दोहोरो अंकले घट्यो सेयर बजार

०३ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २१.६३ अंकले घटेको सेयर बजार २७१४.८५ बिन्दुमा झरेर रोकिएको छ । आइतबार ०.७९ प्रतिशतले बजार घटेको हो । कुल ३ सय १६ धितोपत्रको ७९ हजार ३१ कारोबार भएको छ । कुल १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबर भएको छ । आइतबार व्यापार उपसूचक बाहेक सबै उपसूचकको मूल्य घटेको छ ।…

Read More
Business Corporate Share Market 

सेयर लगानीकर्ता राधा पोखरेल बनिन् बिमा प्राधिकरणको सञ्चालक

०१ चैत, काठमाडाैं । नेपाल बिमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन्। सरकारले प्राधिकरणको महिला सञ्चालकमा पोखरेललाई नियुक्त गरेको हो। शुक्रबारबाट कार्यकाल सुरु हुने उनी सञ्चालक नियुक्त भएकी हुन्। उनको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि सरकारले उनलाई विशालबजार कम्पनीको सञ्चालकमा नियुक्त गरेको थियो। उनी हाल उक्त कम्पनीको बहालवाला सञ्चालक हुन्। पोखरेल नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष हुन् ।   २ वर्षअघि विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन्।

Read More
Business Share Market 

सात दिनपछि बढ्यो सेयर बजार

२८ फागुन, काठमाडौं । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा १२ : ४२ बजे बजार २७४५ अंकसम्म पुगेको थियो । बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २३ करोडको भयो । धेरैजसो सेक्टर बढेका छन् । बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य…

Read More
Business Share Market 

लगातार छैटौं दिन घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा

२६ फागुन, काठमाडौं । अघिल्लो दिन ४६ अंक घटेको सेयर बजार सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक २०.६८ अंक घटेको हो । सो अंकको गिरावटपछि बजार २७५१ मा कायम भएको छ । योसहित लगातार छैटौं दिन बजार घटेको छ । गत सोमबारयता कारोबार भएका सबै दिन बजार घटेको छ । कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडको भयो । अन्यबाहेक सबै सेक्टर…

Read More
Business ipo Share Market 

क्रेस्ट माइक्रोलाइफको आईपीओमा १० गुणा आवेदन, आज अन्तिम दिन

२६ फागुन, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओमा १०.४ गुणा बढी आवेदन परेको छ । यसमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । अन्तिम दिन बाँकी रहँदा कम्पनीको आईपीओमा १५ लाख ९० हजार ५९४ जनाले आवेदन दिएका छन् । कुल १८ लाख ४५ हजार कित्ताका लागि आवेदन खुलाइएकोमा १ करोड ९२ लाख ५७ हजार ११० कित्ता माग भएको छ । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन भएको हो । अनलाइन प्रणाली मेरोसेयरमार्फत सोमकार कार्यालय समयसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ । इक्रा…

Read More
Banking Share Market 

सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे

२५ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ । यो सहित लगातार पाँचौं दिन बजार घटेको छ । आज बजार खुलेदेखि कुनै पनि समय हरियो हुन सकेन । बजारको अंक घटे पनि कारोबार रकम उस्तै छ । अघिल्लो दिन १० अर्ब १० करोडको कारोबार भएकोमा आज १० अर्ब ९ करोडको भयो । कुल २४ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने २ को स्थिर रह्यो…

Read More
Business Share Market 

इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन, कारोबारमा निगरानी

२४ फागुन, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन दिएको छ । बोर्डले बिहीबार एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ को उपदफा २ अनुसार समन्वय समितिको सिफारिसमा इन्भेष्टमेन्ट कम्पनीलाई सूचीकृत हुन निर्देशन दिएको हो । निर्देशनअनुसार पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका र १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्नेछ । बोर्डले सूचीकृत हुने इन्भेष्टमेन्ट कम्पनीलाई आवश्यक विवरण र कागजातसहित आवेदन प्रक्रिया अघि बढाउन भनेको छ । बोर्डको यस्तो निर्णयले इन्भेष्टमेन्ट कम्पनीहरूको…

Read More
Business ipo Main Headlines Share Market 

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कतिले पाए ?

२३ फागुन, काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ । आईपीओ कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । जसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । आइपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन दिएकामा १० हजार ३८६ जनाकोआवेदन रद्द भएको छ । बाँकी १ लाख ८४ हजार…

Read More
Business Share Market 

लगातार चौथो दिन घट्यो सेयर बजार, विकास बैंकमा आकर्षण

२२ फागुन, काठमाडौं । सेयर बजार लगातार चौथो दिन घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार २.७० अंक घटेको हो । सो गिरावटपछि नेप्से परिसूचक २८१८ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९७ करोडको कारोबार भएकोमा आज १० अर्ब १० करोडको भयो । कुल ९९ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने १२ को स्थिर रह्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै १.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.०३, उत्पादन ०.२४, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढे । फाइनान्स ०.२३, होटल तथा पर्यटन…

Read More