Main Headlines Society 

‘दि राइजिङ नेपाल’ छ दशकमा प्रवेश

०१ पौष, काठमाडाैँ । वि.सं. २०२२ साल पुस १ गते बिहिवार (१६ डिसेम्बर १९६५) बाट प्रकाशन शुरु भएको ‘दी राइजिङ नेपाल’  गोरखापत्र संस्थानद्वारा प्रकाशन गरिने अङ्ग्रेजी भाषाको राष्ट्रिय दैनिक अखबार हो ।   ब्रोडसिट आकारमा प्रकाशन हुने यो नेपालको पहिलो अङ्ग्रेजी भाषाको दैनिक अखबार हो । याे समाचारपत्र आज पुस १ गते सोमबार (१६ डिसेम्बर २०२४) बाट ५९ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा आज यो अखबारले आफ्नो ५९ औं वार्षिकोत्सव काठमाडौंमा मनाउँदैछ ।  आफ्नो विगत इतिहासको समीक्षा गर्दै आगामी दिनमा आफ्ना पाठकलाई तथ्यगत र उपयोगी सूचना सम्प्रेषण गर्दै राष्ट्रको हित र समृद्धिमा…

Read More
Business Society 

अण्डाको मूल्य बढ्यो, किसान उत्साहित

२२ मंसिर, चितवन । भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ। नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रु चार सय ७० र मझौलाको रु चार सय ५५ कायम गरिएको छ। पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताए। उनका अनुसार यसअघि अण्डाको मूल्य रु पाँच सय पाँचसम्म पुगेर क्रमशः घटेको थियो। मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन्। पोल्ट्री व्यवसायी मञ्चका…

Read More
Agriculture Society 

सधैँ महँगो भान्सा

१८ मंसिर, काठमाडौं । गत असोजको अविरल वर्षापछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको भाउ अहिलेसम्म घट्न सकेको सकेको छैन, बरु दिनदिनै बढ्दो छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष मौसमी तरकारी साग, काउली, बन्दा, गोलभेँडा, मुलालगायतको भाउ उच्च छ । तरकारीको आपूर्ति कम, बजारका तह धेरै हुनु र बजार अनुगमन फितलो भएकाले तरकारीको भाउ घट्न नसकेको हो । गत वर्ष मङ्सिरको तेस्रो सातामा गोलभेँडा प्रतिकेजी ७०/७५ रुपियाँमा थोकमा किनबेच भएकामा यस वर्षको मङ्सिर तेस्रोमा गोलभेँडाको भाउ बढेर प्रतिकेजी १००/१२० रुपियाँ थोकमै कारोबार भइरहेको छ…

Read More
Agriculture Society 

प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ८५ र अनुदान रकम ७० रुपैयाँ

२० कार्तिक, काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । गत बिहीबारको मन्त्री परिषदको बैठकले उखुको समर्थन मूल्य तोकेको हो । सरकारले प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ८५ रुपैयाँ तोकेको छ । यो समर्थन मूल्य गत वर्षको भन्दा २० रुपैयाँले धेरै हो । गत वर्ष सरकारले प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ६५ रुपैयाँ तोकेको थियो । सरकारले यो वर्षका लागि तोकेको समर्थन मूल्य किसनको उत्पादन लागत, ढुवानी भाडा र प्रतिफल समेत गरी न्यूनतम खरिद मूल्य तोकिएको सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए…

Read More
Business Cooperative Main Headlines Society 

एकनास छैनन् सहकारी : कतै बचत फिर्ता पाउनै मुस्किल, कतै बचतको ओइरो

१४ मंसिर, पोखरा । पोखराका गंगाबहादुर गुरुङले सहकारीमा करोडौँ रकम बचत गरेका छन् । ५ करोड रुपैयाँभन्दा बढी रकम सहकारीमा जम्मा गरेका उनी सहकारीका कारण नै आफ्नो दैनिकी सहज भएको बताउँछन् । गुरुङले भने, ‘त्यही सहकारीका कारण चुलो बलेको छ । छाक टरेको छ ।’ कयौँ सहकारीका बचतकर्ता आफ्नो रकम फिर्ताका लागि सडक संघर्षदेखि विभिन्न निकायमा धाइरहेको समयमा गुरुङ भने ठिक विपरीत अवस्थामा छन् । पोखरास्थित पोखरा रोयल बचत तथा ऋण सहकारीका बचतकर्ता गुरुङलाई अहिले सहकारीको रकम हिनामिना सम्बन्धी हावा–हुण्डरीले कुनै असर गरेको छैन । ‘दिनदिनै आन्दोलन छ । राखेको…

Read More
Banking Main Headlines Society 

राष्ट्र बैंकले भन्छ- लचिलो मौद्रिक मौद्रिक नीतिलाई निरन्तरता दियौं, अब बैंकको कर्जा बढ्छ

१४ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीतिको निरन्तरता दिएको बताएको हो । राष्ट्र बैंककाअनुसार अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ । राष्ट्र बैंकले पर्यटक आगमनमा भएको वृद्धि, एयरपोर्ट लगायतका पर्यटन पूर्वाधारहरुको बढ्दो उपयोग, सूचना प्रविधि क्षेत्रको विस्तार तथा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति एवम्क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण लगायतका कारण समग्र माग विस्तार हुने र त्यसबाट चालु…

Read More
Main Headlines Society 

८ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ध्रुवराज राउत

१० मंसिर, काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समितिका सदस्य-सचिव टेक प्रसाद राईले जानकारी दिए। उनका अनुसार एसएसपी ध्रुवराज राउत, भोलाबहादुर राउत, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक डिआइजी बढुवामा सिफारिस भएका हुन्। उनीहरुको बढुवा आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि हुनेछ। सूचनामा भनिएको छ, ‘नेपाल प्रहरीमा…

Read More
Agriculture Society 

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

०७ मंसिर, म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो । “मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो”, उहाँले भन्नुभयो, “आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ ।” वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नुनखानी उपभोग हुनसकेको छैन । कुनै समय ‘भोटको नुन’का रूपमा चिनने यहाँको खानी बेवारिसे बनेको छ । तेताङगाउँबाट नर्साङ खोलैखोला करिब एक घण्टा पैदलयात्रा गरेपछि नुनखानीमा पुगिन्छ । अग्ला पहाडको…

Read More
Business Main Headlines Society 

अन्तर्राष्ट्रिय उडानको पर्खाइमा पोखरा विमानस्थल

०५ मंसिर, गण्डकी । उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन । सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यस विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेको छैन । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाएपनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा स्थानीयवासीमा गुनासो बढ्दो छ । पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो संख्यामा…

Read More
Agriculture Society 

घटेन तरकारीको भाउ भान्सामा घट्दै परिकार

०५ मंसिर, काठमाडाैंँ । “पहिले दुई/तीन थरी तरकारी र अचार बनाइन्थ्यो तर महँगो तरकारी र मरमसलाले गर्दा आजकल अधिकांश भान्सामा एक थरी तरकारी मात्र पाक्छ,” कीर्तिपुरकी उपभोक्ता रमा अधिकारी भन्नुहुन्छ, “चार जनाको परिवारमा नुन, तेल, जिरा, मसलासमेत गर्दा धेरै परिकार बनाउन खोज्दा एक छाकलाई तीन सय रुपियाँले पनि नपुग्ला जस्तो भयो ।” कङ्लकी चोकमा तरकारी भाउ बुझिरहेका ट्याक्सी ड्राइभर विनोद थापाले अब रोजेको तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको सुनाउनुभयो । उहाँले हाल तरकारीमा रायो साग, पाकेको फर्सी, मुला, इस्कुस खाने गरेको बताउनुभयो । तिहारपछि गोलभेँडा, काउली, आलु र…

Read More