राजस्व कार्यालय मकवानपुरले उठायो लक्ष्यको ८५ प्रतिशत राजस्व
१० कार्तिक, काठमाडौं । आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को पहिलो तीन महिनामा एक अर्ब ८६ करोड ७५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा एक अर्ब ५७ करोड ८९ लाख रूपैयाँ राजस्व संकलन भएको छ। यही साउनदेखि असोज महिनासम्मको अवधिमा अन्तःशुल्कतर्फ एक अर्ब ४१ लाख रूपैयाँ, आयकरतर्फ २० करोड ४४ लाख रूपैयाँ, मूल्यअभिवृद्धि करतर्फ १८ करोड ८५ लाख रूपैयाँ, स्वास्थ्य जोखिम करतर्फ १५ करोड ९९ लाख रूपैयाँ,…
Read More