रवि लामिछाने समर्थकमाथि अश्रुग्यास प्रहार
२० कार्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि थप अनुसन्धानका लागि प्रहरीले कास्की मंगलबार अदालत लैजाँदै गर्दा उनका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। सहिद चोकस्थित अदालत लैजाने बाटोमा जिल्ला प्रशासन कार्यालय नजिकै रास्वपा कार्यकर्ताको प्रदर्शन भएको हो। प्रदर्शनमा उत्रिएका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। पोखराको वाईचोकमा उपस्थित भएका रास्वपा कार्यकर्ताले रविको रिहाइको माग गर्दै सरकार विरोधी नारा लगाएका छन्। कास्की प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको ठाउँतिर रास्वपा कार्यकर्ता जान लागेपछि प्रहरीले अश्रुग्यास हानेर उनीहरुलाई अगाडि बढ्न रोकेको…
Read More