International Technology 

२१ औं शताब्दीका महान वैज्ञानिक स्टिफन हकिङः प्रविधिकै कारण देखाउन पाए आफ्नो अद्भुत क्षमता

२५ पुष, काठमाडाैँ । सन् १९४२ जनवरी ८ का दिन बेलायतको अक्सफोर्डमा जन्मिएका स्टिफन ह्वकिङ आफ्नो बेलाका चर्चित वैज्ञानिक थिए । जटिल ब्रह्माण्डका रहस्य बुझाउन उनले दिएको योगदान इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । ब्ल्याक होलको खोजीका लागि गरेको योगदान र प्रतिपादन गरेको थर्मोडाइनामिक्सको सिद्धान्तले हकिङलाई प्रख्यात भौतिकशास्त्री र ब्रह्माण्डविद्का रूपमा स्थापित गरायो । उनले लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक बेस्ट सेलर बुक अफ अल टाइम बनेको थियो । यो पुस्तक दुई करोड ५० लाख प्रति भन्दा बढी बिक्री भइसकेको छ । पुस्तकमा वैज्ञानिक हकिङले समयको सुरुवात कहाँबाट…

Read More
Business International Technology 

चीनद्वारा ब्याट्री र महत्वपूर्ण खनिजसँग सम्बन्धित प्रविधिमा निर्यात थप प्रतिबन्धको प्रस्ताव

२० पौष, काठमाडौँ । चीनको वाणिज्य मन्त्रालयले ब्याट्रीका कम्पोनेन्ट बनाउन र लिथियम र गालियम जस्ता महत्वपूर्ण खनिजहरू प्रशोधन गर्न प्रयोग हुने केही प्रविधिमा निर्यात प्रतिबन्ध प्रस्ताव गरेको छ। यो जानकारी बिहीबार सार्वजनिक गरिएको एक दस्तावेजमा उल्लेख छ। यदि यी प्रतिबन्ध लागू भएमा यी महत्वपूर्ण खनिजहरू र तिनलाई प्रशोधन गर्न प्रयोग हुने प्रविधिमा लक्षित निर्यात प्रतिबन्ध र प्रतिबन्धहरूको शृंखलामा नयाँ कदम हुनेछ। यी क्षेत्रमा बेइजिङ विश्वव्यापी रूपमा प्रभावशाली छ। रोयटर्सका अनुसार यस घोषणाले यो महिनाको अन्त्यमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको उद्घाटनपछि हुनुसक्ने सम्भावित अमेरिकी प्रतिबन्धलाई अघिबाटै टक्कर दिन लागेको बुझिएको छ।…

Read More
Main Headlines Society Technology 

एक करोड २६ लाखको लागतमा बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता

१२ पौष, काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिका वडा नं ६ बीच बौद्ध क्षेत्रभित्र सिसिटिभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित कार्यक्रममा कार्यालयका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाले सो समझदारी पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बौद्ध क्षेत्रमा रु एक करोड २६ लाख ९० हजार लागतमा सिसिटिभी जडान गरिनेछ । काठमाडौँ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, अन्य अनैतिक…

Read More
International Technology 

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो

१० पुष, वासिङ्टन । नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३० डिग्री सेल्सियस) भन्दा बढीको तातो तापक्रमको सामना गर्दै ताप ढालसहित सूर्यको सबैभन्दा नजिक पुग्ने कुनै पनि अन्तरिक्ष यान बन्यो । सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान हाम्रो ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसनमा छ । मङ्गलबारको ऐतिहासिक उडान बिहान ठीक ६ः५३ बजे (११५३ जिएमटी) मा भएको हुनुपर्ने थियो । यद्यपि…

Read More
Technology 

अब ह्वाट्सएप र टोल फ्री नम्बरबाटै च्याटपीटीसँग कुरा गर्न सकिने

०४ पुस, काठमाडौं । ओपनएआईले आफ्नो लोकप्रिय च्याटबट च्याटजीपीटीलाई अझ पहुँचयोग्य बनाउने घोषणा गरेको छ । कम्पनीले ‘ट्वेल्भ डेज अफ ओपनएआई’ अभियान अन्तर्गत हालै सामान्य फोन वा ल्यान्डलाइन नम्बर र ह्वाट्सएप कलमार्फत च्याटजीपीटीसँग कुरा गर्न सकिने सुविधा ल्याएको हो । फोन नम्बरबाट च्याटजीपीटीसँग कुरा गर्ने सुविधा हाल अमेरिका र क्यानडाका प्रयोगकर्ताका लागि उपलब्ध छ । त्यहाँका प्रयोगकर्ताले ‘1-800-CHATGPT’ डायल गरी च्याटजीपीटीसँग एक पटकमा १५ मिनेटसम्म कुरा गर्न सक्छन् । त्यस्तै विश्वभरका अन्य प्रयोगकर्ताहरूले ह्वाट्सएप नम्बर 1-800-242-8478 मा मेसेज गरेर च्याटजीपीटीसँग कुराकानी गर्न सक्नेछन् । अब कुनै पनि फोनबाट च्याटजीपीटीमा पहुँच…

Read More
Business International Technology 

ब्ल्याक फ्राइडेको अवसरमा ७४.४ बिलियन डलरको अनलाइन बिक्री रेकर्ड

१६ मंसिर, काठमाडौं । थ्यांक्सगिभिङ डेको अवसरमा अमेरिकी उपभोक्ताहरूले रेकर्ड ३३.६ अर्ब डलर खर्च गरेका छन, जुन दिनमा विश्वव्यापी रूपमा अनलाइन खर्च भयो र यो ब्ल्याक फ्राइडेमा पनि जारी रहेको छ। एडोबले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकामा उपभोक्ताहरूले ब्ल्याक फ्राइडेको अवसरमा नोभेम्बर २९ तारिखमा गत वर्षको तुलनामा १०.२ प्रतिशतले रेकर्ड तोड्दै १०.८ बिलियन डलरको किनमेल गरेका टेकक्रन्चले रिपोर्ट गरेको छ। यस बीचमा, सेल्सफोर्सले समग्र खर्च अनुमान धेरै उच्च भएको संख्या दिइरहेको छ जसअनुसार गत वर्षको तुलनामा ७ प्रतिशतले बढेर अमेरिकामा १७.५ बिलियन डलर खर्च गरिएको छ। रिपोर्टअनुसार, विश्वव्यापी रूपमा, सेल्सफोर्सले पनि…

Read More
Business Technology 

नेपाल टेलिकमको क्रिकेट धमाका अफर : मात्र ७ सय रुपैयाँमा ३ सय जीबी डाटा

१५ मंसिर, काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ लाई लक्षित गर्दै क्रिकेटप्रेमी दर्शकहरूको सुविधाका लागि एनटी क्रिकेट धमाका प्याक सार्वजनिक गरेको छ। लाजिम्पाटस्थित होटल ¥याडिसनमा सुदूरपश्चिम रोयल्स टिमसँगको भेटघाट कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रुपमा यो योजना शुभारम्भ गरेका हुन्। यो योजनाअन्तर्गत प्रिपेड र पोष्टपेड मोबाइल प्रयोगकर्ताले ६ सय ९९ रुपैयाँमा ३०० जीबी डाटा प्राप्त गर्नेछन्। यसमा दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ भने १० जीबी सकिएपछि बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा उपलब्ध…

Read More
Business Main Headlines Technology 

भैरहवामा ‘आरएनपी एआर’ जडान हुँदै

१४ मंसिर, काठमाडौँ । गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको तयारी अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिउँदमा हुने कमजोर ‘भिजिबिलिटी’ मा पनि जहाज उडान अवतरण गराउन माघ महिनाभित्रै आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “अहिले भैरहवामा पाँच वटा हवाई कम्पनीले हप्तामा २४ उडान गरिरहेका छन् । अहिले भइरहेको उडानलाई नियमित राख्न आठ सय मिटर भिजिबिलिटीमा पनि अन्तर्राष्ट्रिय जहाज उडान अवतरण गराउन सक्ने गरी प्रविधिमा आधारित…

Read More
Business Main Headlines Technology 

नेपाल दूरसञ्चार प्राधिकरणले दियो वर्ल्डलिंकलाइ नयाँ लाइसेन्स

१३ मंसिर, काठमाडौँ । २५ वर्षको अनुमति पत्रको म्याद सकिएपछि वर्ल्डलिंक कम्युनिकेसनले नयाँ लाइसेन्स प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति बैठकले लाइसेन्स दिने निर्णय गरेको वर्ल्डलिंकले जानकारी दिएको छ । २५ वर्षे अवधि सकिएर पुनः लाइसेन्स पाउने वर्ल्डलिंक पहिलो इन्टरनेट सेवा प्रदायक हो । वर्ल्डलिंकले २०५५ चैतमा लाइसेन्स कर तथा राजस्व विवादले सरकारले पुनः लाइसेन्स दिन आनाकानी गरेपछि करिब ७ महिनादेखि वर्ल्डलिंक यत्तिकै चलेको थियो । वर्ल्डलिंकलाई प्राधिकरणले १० वर्षका लागि नयाँ लाइसेन्स दिएको छ । राजस्वसम्बन्धी विवादलाई लिएर वर्ल्डलिंकले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा गएको…

Read More
Business International Technology 

मस्कले टेस्ला स्मार्टफोन बनाउन लागेका हुन् ? के हो वास्तविकता ?

१३ मंसिर, काठमाडौँ । अहिले सामाजिक सञ्जालमा इलोन मस्कको स्वामित्वमा रहेको अमेरिकी कम्पनी टेस्लाले नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको चर्चा चलिरहेको छ । सामाजिक सञ्जालमा फैलिएको सूचनाअनुसार मस्कले आउँदो डिसेम्बर महिनामा ‘टेस्ला पाई’ नाम दिइएको स्मार्टफोन सार्वजनिक गर्न लागेका छन् । कतिपयले त यो फोनको मूल्य तोक्न समेत भ्याएका छन् । केही पोस्टहरुमा यो फोन सूर्यको किरणबाट आफैँ चार्ज हुने र स्टारलिंकका माध्यमबाट जतासुकै इन्टरनेट चलाउन सकिने दाबी गरिएको छ । अझ केही प्रयोगकर्ताले त फोनको तस्बिरसमेत सार्वजनिक गरेका छन् । हुन त टेस्ला नामक स्मार्टफोनको ब्राण्ड पनि स्थापित छ…

Read More