International Technology 

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक, के-के छन् विशेषता ?

२७ असोज, काठमाडाैँ । एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘भी–रोबोट’ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले एआई फिचरसहितको रोबोट ट्याक्सी सार्वजनिक गरेका हुन् । दुई सिटको स्टेयरिङ र पेडल दुवै नभएको यस ट्याक्सी ३० हजार डलरमा किन्न सकिने बताइएको छ । मस्कले सन् २०२७ अघि साइबर क्याबको उत्पादन सुरु हुने आशा व्यक्त गरेका छन् । कम्पनीले २० जना बोक्न सक्ने क्षमताको अर्को अटोनोमस गाडी ‘रोबोभन’ पनि सार्बजनिक गरेको छ । यसमा सामान पनि बोक्न सकिन्छ । उदाहरण दिँदै मस्कले…

Read More
Technology 

१३ वर्षअघि सधैंको लागि अस्ताएका स्टिभ जब्स, तर अझै जारी छ उनको विरासत

१९ असोज, काठमाडौँ । एप्पलका सहसंस्थापक स्टिभ जब्सको निधन आजभन्दा ठीक १३ वर्षअघि अर्थात् अक्टोबर ५, २०११ मा भएको थियो । पृथ्वीबाट उनको भौतिक शरीर अस्ताए पनि उनको योगदानले पारेको प्रभाव अझै निरन्तर चलिरहेको छ । हरेक वर्ष स्टिभ जब्सको स्मृति दिवसमा एप्पलले कुनै न कुनै रूपमा श्रद्धाञ्जली व्यक्त गरिरहेको हुन्छ । खासगरी एप्पलको होमपेज परिवर्तन गर्नेदेखि उनकै नामको पेसमा श्रद्धाञ्जलीका शब्द राख्ने सुविधा एप्पलले ल्याएको छ । सन् २०२१ मा एप्पलले जब्सकी श्रीमती लरिन पवेल जब्बको सन्देश होमपेजमा राखेको थियो । सन् २०२३ मा एप्पलका सीईओ टिम कुकले जब्सको…

Read More
International Technology 

एपिक गेम्सको विवादमा एप्पलले समय बढाउन माग गरेकोमा न्यायाधीश बेखुशी

१४ असोज, काठमाडौं । एप्पल हाल १० लाखभन्दा बढी कागजात उत्पादन गर्नुपर्ने समयसीमाको सामना गर्दैछ जुन हालैका एपस्टोर परिवर्तनहरूसँग सम्बन्धित छ। शुक्रबार न्यायाधीश टमस एस. हिक्सनले एप्पलको समयसीमा लम्ब्याउने प्रयासलाई अस्वीकृत गरे र उक्त अनुरोधलाई “खराब व्यवहार” को रूपमा वर्णन गरे। यसले गर्दा एप्पलको समयसीमा अझै पनि सोमबार सेप्टेम्बर 30 नै कायम छ: “एप्पललाई कसरी समयसीमा पूरा गर्ने भन्ने कुरा उनीहरूको जिम्मामा छ, तर सोमबार नै अन्तिम मिति हो।” यो घटनाक्रम एप्पल र फोर्टनाइट निर्माता एपिक गेम्सबीचको चलिरहेको कानुनी विवादको पछिल्लो अध्याय हो। एपिक गेम्सले एप्पलको एपस्टोर नियमहरूविरुद्ध लडिरहेको छ।…

Read More
Business Technology 

नेपाल टेलिकमको चाडपर्व लक्षित दशैं अफर २०८१ अफर

१३ असोज, काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ । सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु आज (२०८१ असोज १३) देखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछन् । यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराईएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरुमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५…

Read More
Main Headlines Technology 

शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध

१३ असाेज, काठमाडाैैं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । यस स्मार्टफोनले प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र अद्भुत डिस्प्ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृस्ट अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ । शाओमीले रेड्मी १३ सी को सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १४ सी लिएर आएको हो । रेड्मी १४ सी मा ६.८८ इन्चको डट ड्रप डिस्प्ले सहित १२० हर्ट्ज रिफ्रेस रेट रहेको छ । मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा संचालित यो स्मार्टफोनले सहज मल्टिटास्किंग र गेमिङ प्रदर्शन सुनिश्चित…

Read More
Technology 

इन्स्टाग्राममा नाबालिगको लागि अब ‘टीन अकाउन्ट’, यस्ता छन् फिचर्स

०५ असोज, काठमाडौँ । लोकप्रिय सोसल मिडिया प्लेटफर्म इन्स्टाग्रामले एक महत्वपूर्ण घोषणा गरेको छ, जसमा नाबालिगहरुको इन्स्टाग्राम अकाउन्टमा अत्यन्तै महत्वपूर्ण फेरबदल गरिँदैछ । यो नयाँ सर्भिसको मद्दतले नाबालिगहरुलाई अनलाइन दुनियाँका कारण हुने नोक्सानीबाट बचाउने प्रयास इन्स्टाग्रामको छ । उसो त इन्स्टाग्रामले आफ्नो प्लाटफर्ममा नयाँ फिचर थपसँगै आफूलाई उत्कृष्ट बनाउने कोसिस गरिरहेको हुन्छ । यसै क्रममा इन्स्टाग्रामले Teen Account  ल्याएको छ । यसमा किशोर किशोरी अर्थात् नाबालिग प्रयोगकर्तालाई अनलाइन सेफ्टीसँगै उत्कृष्ट अनुभव प्राप्त हुनेछ । Built-in Protection इन्स्टाग्राम टीन अकाउन्ट प्रयोगकर्तालाई बिल्ट इन प्रोटेक्सन प्राप्त हुनेछ । यसको मद्दतले प्रयोगकर्ताको सम्पर्क केवल सीमित…

Read More
International Technology 

एप्पललाई उछिन्दै साओमी बन्यो धेरै फोन बिक्री गर्ने दोस्रो कम्पनी

०३ असाेज, काठमाडाैं । सामसङले आईफोनको डिजाइन नक्कल गर्‍यो । यता आईफोन निर्माता एप्पलले सामसङको ग्यालेक्सी फिचर कपी गर्‍यो । एक-अर्काका उत्कृष्ट फिचर प्रयोग गर्ने यी दुई कम्पनी स्मार्टफोन बिक्री गर्ने सन्दर्भमा लामो समयसम्म पहिलो र दोस्रो भइरहे । तर, गएको अगस्ट महिनामा भने चिनियाँ स्मार्टफोन निर्माता साओमी सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । काउन्टरपोइन्ट रिसर्चले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०२१ पछि पहिलो पटक मासिक स्मार्टफोन बिक्रीमा साओमीले एप्पललाई पछि पारेर यो स्थान हासिल गरेको हो । पछिल्लो समय बजार आएको साओमीको फ्ल्यागशिप फोन साओमी…

Read More
International Technology 

करोडौं जिमेल अकाउन्ट डिलिट गर्दै गुगल, यसरी जोगाउनुहोस् आफ्नो खाता

०३ असाेज, काठमाडौँ । गुगलले आगामी लामो समयदेखि निष्क्रिय रहेका करोडौं जीमेल खाताहरू डिलिट गर्दैछ । सेप्टेम्बर २० देखि गुगलले यस्ता जिमेल अकाउन्टहरु हटाउन सुरु गर्नेछ । गुगलको यो कदमबाट व्यक्तिगत तथा व्यावसायिक कामका लागि जीमेलमा निर्भर रहेका विश्वभरका करोडौं प्रयोगकर्ताहरू प्रभािवत हुनेछन् । सूचना प्रविधिको वर्तमान युगमा जीमेल दैनिक सञ्चारको एक अभिन्न हिस्सा भैसकेको परिप्रेक्ष्यमा गुगलको यो निर्णयले के अर्थ राख्छ र यसले तपाईंलाई कसरी असर पार्न सक्छ भन्ने कुरा बुझ्नु महत्वपूर्ण छ। निष्क्रिय अकाउन्ट कि हटाउँदै छ जिमेल ? विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको इमेल सेवा हो जीमेल…

Read More
Business Technology 

डिजिटल कारोबारमा भ्याटको व्यवस्था संशोधन गर्दै सरकार

३१ भदौ, काठमाडौं । सरकारले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) मा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था संशोधनको तयारी गरेको छ । विद्युतीय कारोबारलाई प्रोत्साहन गर्नुपर्ने बेलामा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) लाई भ्याट लगाउँदा विद्युतीय कारोबार निरुत्साहित हुनसक्ने भन्दै सरकारले संशोधनको तयारी गरेको हो । गत १५ जेठमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दा आर्थिक विधेयक २०८१ मा भ्याट छुट पाउने सेवा सूचीमा रहेको ‘समाशोधन गृह’ हटाएका थिए । समाशोधन गृहलाई सूचीबाट हटाएपछि सबै पीएसपी र पीएसओहरु भ्याटको दायरामा आएका…

Read More
Banking Main Headlines Technology 

डिजिटल कारोबारलाई निःशुल्क बनाउने सरकारको तयारी

३० भदाै, काठमाडाैँ । सरकारले डिजिटल कारोबारलाई निःशुल्क बनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई व्यवस्थित र निःशुल्क बनाउने विषयमा सम्बन्धित अधिकारीसँग सरकार छलफलमा रहेको बताएका हुन् । एक जनाको समस्यालाई आफ्नो स्टाटसमा समेट्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं ।…

Read More