Share Market 

ओरालो यात्रामा नेप्से: १२ दशमलव १० अङ्कले घट्यो

२० भदौ, काठमाडौं । धितेपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १२ दशमलव १० अङ्कले ओरालो लागेर दुई हजार सात सय २७ दशमलव ३६ मा सिमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८६ दशमलव ३६ मा सिमित भएको छ। कारोबार भएका कूल १३ उपसमूह मध्ये ११ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा दुई उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। कूल दुई करोड एक लाख ५३ हजार नौ…

Read More
Entertainment 

संघर्षका दिनमा एउटै कोठामा ८ जनासँग बस्थे बच्चन

२० भदाै, काठमाडौँ । अमिताभ बच्चन बलिउडका मेगास्टार हुन् । कामबाट अवकाश लिएर जुन उमेरमा मानिसहरू घरमा आराम गरेर बस्छन्, त्यो उमेरमा उनले मानिसहरूलाई धेरै मनोरञ्जन दिइरहेका छन् । उनी ८१ वर्ष पुगिसकेका छन् । हाल उनको ‘कौन बनेगा करोडपति’को सिजन १६ मा चलिरहेको छ । शोको हट सिटमा बसेका प्रतियोगीहरूसँग उनी प्रायः रोचक कुरा गर्छन् । कहिलेकाहीँ उनी आफ्नै पुराना संघर्षको दिनलाई पनि सम्झिन्छन् । पछिल्लो एपिसोडमा उनले आफ्नो संघर्षका दिनहरूलाई सम्झिएका थिए । पछिल्लो एपिसोडमा महाराष्ट्रका कृष्णा सेलुकर अमिताभ बच्चनसँग हटसिटमा देखिएका थिए । उनको संघर्षको कथा सुनेर…

Read More
International 

विश्वव्यापी रुपमै वैदेशिक लगानी आप्रवाहमा गिरावट, नेपालको खुद आप्रवाह ६ अर्ब मात्रै

१८ भदाै, काठमाडाैँ । वैदेशिक लगानी आप्रवाह विश्वव्यापी रुपमै घटेको देखिएको छ । युनाइटेड नेसन्स कन्फेरेन्स अन ट्रेड र डेभलपमेन्टले सार्वजनिक गरेको वर्ल्ड इन्भेष्टमेन्ट रिर्पोट २०२४ का अनुसार वैदेशिक लगानी आप्रवाह विश्वव्यापी रुपमै घटेको पाइएको हो । विश्वव्यापी रुपमै घटेको वैदेशिक लगानी आप्रवाहको असर नेपालमा समेत देखिएको छ । आर्थिक वर्ष २०७९\८० मा स्वीकृत भएको ३७ अर्ब ८० करोड ५८ लाख प्रत्यक्ष वैदेशिक लगानीबाट ७ अर्ब ८० करोड रुपैयाँ कुल वैदेशिक लगानी नेपालले प्राप्त गरेको छ । साथै सोही वर्षमा १ अर्ब ८० करोड रुपैयाँ वैदेशिक लगानीकर्ताले फिर्ता लिएर गएका…

Read More
Agriculture 

बोयर बोका र खरी जातको बाख्राको माग बढ्यो

१३ भदौ, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी खरी जातको बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० बाख्रा उत्पादन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा ३६ बढी बाख्रा उत्पादन भएको केन्द्रका प्रमुख राजु कँडेलले जानकारी दिए । उनका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ । सोही वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य…

Read More