Share Market 

नेप्से ११४ अंकले बढेपछि १८ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

१५ असाेज, काठमाडौं । मंगलबार सेयरबजारमा उच्च वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको हो। ४.५७ प्रतिशतले बढेसँगै लगानीकर्ताले ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको सेयर किनबेच गरेका छन्। १ करोड ७५ लाख ७ हजार कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। आजको कारोबारमा एउटाबाहेक सबै कम्पनीको सेयर मूल्य बढेको हो। एक कम्पनीको मूल्य स्थिर रहे पनि २४३ वटाको मूल्य बढ्नपुगेको छ। आज मात्रै १८ कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। आज अधिकांश फाइनान्स कम्पनीहरुको सेयरमा उच्च वृद्धि…

Read More