Corporate Main Headlines 

दशैंअघि नै काठमाडौं-भरतपुर उडान गर्ने श्री एयरलाइन्सको तयारी

३० भदाै, काठमाडाैँ । श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं–भरतपुर उडान गर्ने तयारी गरेको छ । गत असार ६ गते काठमाडौं–भरतपुर परीक्षण उडान गरेको श्रीले ७२ सिटे एटिआर विमान भरतपुर उडाउने तयारी गरेको हो । परीक्षण उडान सफल भएसँगै काठमाडौं–भरतपुर व्यावसायिक उडान गर्न चाहेको श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । उनले दशैं अघि नै भरतपुरमा सेवा दिने गरी उडान अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । भरतपुर विमानस्थलको रनवे सानो भएका कारणले ७२ सिटे विमान आउन नसक्ने भनिएता पनि श्रीले ८० सिटे जहाजकै सफल परीक्षण उडान गरेपछि…

Read More
Automobiles Business 

नेपाल नआउँदै २५ युनिट बुकिङ भएको थियो एमटी ४५० बाइक, दोस्रो लटको बुकिङ खुला

२० भदाै, काठमाडौँ । नेपाल नआउँदै सीएफ मोटोको एमटी ४५० बाइक २५ युनिट बुकिङ भएको बताइएको छ । हालै सम्पन्न नाडा अटो शोमा प्रिमियम टु ह्विलर ब्रान्ड सीएफ मोटोको एमटी ४५० र सोही कम्पनीअन्तर्गतको इलेक्ट्रिक स्कुटर जिहोको एई ४ लन्च भएको थियो । नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले लन्च गरेको नयाँ स्कुटर एबीएस र नन् एबीएस भर्सनमा उपलब्ध छन् । यी दुईवटै बाइकमा दर्शकको आकर्षण निकै राम्रो रहेको ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्ज्वल जोशीले बताएका छन् । जोशीका अनुसार एमटी ४५० मोटरसाइकल ५ महिनाअघि मात्र फिलिपिन्समा पहिलोपटक लन्च…

Read More
Main Headlines 

दसैँमा सुकिला नोट मात्रै, नयाँ नोट बन्द

१९ भदौ, काठमाडौँ । हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ ।दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिनुभयो । यस पटक दसैँमा नयाँ नोट वितरण…

Read More
International 

विश्वव्यापी रुपमै वैदेशिक लगानी आप्रवाहमा गिरावट, नेपालको खुद आप्रवाह ६ अर्ब मात्रै

१८ भदाै, काठमाडाैँ । वैदेशिक लगानी आप्रवाह विश्वव्यापी रुपमै घटेको देखिएको छ । युनाइटेड नेसन्स कन्फेरेन्स अन ट्रेड र डेभलपमेन्टले सार्वजनिक गरेको वर्ल्ड इन्भेष्टमेन्ट रिर्पोट २०२४ का अनुसार वैदेशिक लगानी आप्रवाह विश्वव्यापी रुपमै घटेको पाइएको हो । विश्वव्यापी रुपमै घटेको वैदेशिक लगानी आप्रवाहको असर नेपालमा समेत देखिएको छ । आर्थिक वर्ष २०७९\८० मा स्वीकृत भएको ३७ अर्ब ८० करोड ५८ लाख प्रत्यक्ष वैदेशिक लगानीबाट ७ अर्ब ८० करोड रुपैयाँ कुल वैदेशिक लगानी नेपालले प्राप्त गरेको छ । साथै सोही वर्षमा १ अर्ब ८० करोड रुपैयाँ वैदेशिक लगानीकर्ताले फिर्ता लिएर गएका…

Read More
Agriculture 

बोयर बोका र खरी जातको बाख्राको माग बढ्यो

१३ भदौ, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी खरी जातको बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० बाख्रा उत्पादन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा ३६ बढी बाख्रा उत्पादन भएको केन्द्रका प्रमुख राजु कँडेलले जानकारी दिए । उनका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ । सोही वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य…

Read More