Lifestyle Travels & Tourism 

पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी

२५ असाेज, काठमाडौँ । दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन्। दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन्। पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन्।असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका लागि उत्तम मानिन्छ। कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ। प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन्। शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले…

Read More
Share Market 

नेप्से ११४ अंकले बढेपछि १८ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

१५ असाेज, काठमाडौं । मंगलबार सेयरबजारमा उच्च वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको हो। ४.५७ प्रतिशतले बढेसँगै लगानीकर्ताले ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको सेयर किनबेच गरेका छन्। १ करोड ७५ लाख ७ हजार कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। आजको कारोबारमा एउटाबाहेक सबै कम्पनीको सेयर मूल्य बढेको हो। एक कम्पनीको मूल्य स्थिर रहे पनि २४३ वटाको मूल्य बढ्नपुगेको छ। आज मात्रै १८ कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। आज अधिकांश फाइनान्स कम्पनीहरुको सेयरमा उच्च वृद्धि…

Read More