Entertainment 

संघर्षका दिनमा एउटै कोठामा ८ जनासँग बस्थे बच्चन

२० भदाै, काठमाडौँ । अमिताभ बच्चन बलिउडका मेगास्टार हुन् । कामबाट अवकाश लिएर जुन उमेरमा मानिसहरू घरमा आराम गरेर बस्छन्, त्यो उमेरमा उनले मानिसहरूलाई धेरै मनोरञ्जन दिइरहेका छन् । उनी ८१ वर्ष पुगिसकेका छन् । हाल उनको ‘कौन बनेगा करोडपति’को सिजन १६ मा चलिरहेको छ । शोको हट सिटमा बसेका प्रतियोगीहरूसँग उनी प्रायः रोचक कुरा गर्छन् । कहिलेकाहीँ उनी आफ्नै पुराना संघर्षको दिनलाई पनि सम्झिन्छन् । पछिल्लो एपिसोडमा उनले आफ्नो संघर्षका दिनहरूलाई सम्झिएका थिए । पछिल्लो एपिसोडमा महाराष्ट्रका कृष्णा सेलुकर अमिताभ बच्चनसँग हटसिटमा देखिएका थिए । उनको संघर्षको कथा सुनेर…

Read More
Automobiles Business 

नाडा अटो शो २०२४ मा ७७० बीवाईडी गाडी बुकिङ

१८ भदौ, काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका अनुसार ६ दिनसम्म चलेको नाडा अटो शो २०२४ मा ७७० वटा बीवाईडी गाडी बुकिङ भएका छन् । बुकिङ भएका मध्ये २७३ वटा डल्फिन र ४९७ एट्टो ३ छन् । बुकिङ भएका गाडीहरु ग्राहकलाई छिट्टै हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । आइतबार अटो शो सम्पन्न हुँदासम्म यो संख्यामा बीवाईडी बुकिङ भएको हो । बीवाईडीप्रति धेरै दर्शकको आकर्षण देखिएको र अटो शोमा अवलोकन गर्नेहरु धेरैले शोरुममा आएर बीवाईडी खरिद गर्ने प्रतिबद्धता समेत जनाएको बताइएको छ । नाडा अटो शो २०२४ मा…

Read More
Automobiles Corporate 

नाडा अटो शो २०२४ सम्पन्र : यी स्टल बने उत्कृष्ट

१८ भदौ, काठमाडौं । स्टल अवार्ड वैद्य अर्गनाइजेसनको एथर ब्रान्डले, कमर्सियलमा एमएडब्लु वृद्धिको सोकोन र कम्पोनेन्टमा सत्यदिप इन्टरप्राइजको भिडोलले पाएको छ। यस वर्षको प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दई पांग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिएको थियो । साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहेका छन् भने मेलामा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता थियो । यसपटकको नाडा अटो शो ८० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको नाडाले जनाएको छ।

Read More