Main Headlines Society 

बडादसैँ सुरु, आज घटस्थापना 

१७ असाेज, काठमाडौँ । बडा दसैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक  घटस्थापना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्च माटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ। नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा…

Read More