Lifestyle Travels & Tourism 

पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी

२५ असाेज, काठमाडौँ । दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन्। दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन्। पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन्।असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका लागि उत्तम मानिन्छ। कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ। प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन्। शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले…

Read More
Travels & Tourism 

पर्यटन क्षेत्र बिस्तारै पुरानै लयमा

२२ असोज, काठमाडौँ । प्रतिकूल मौसमका कारण प्रभावित पर्यटन क्षेत्रले बिस्तारै पुरानो लय समात्न थालेको छ । लगातारको वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको बाक्लो हिमपातका कारण रोकिएको आरोहण आलो हिउँ पग्लिएसँगै पुनः सुचारु भएको छ भने पदयात्रामा रहेका पर्यटकसमेत आफ्नो गन्तव्यमा पुगेका छन् । पर्यटन विभागका निर्देशक राकेश गुरुङले भन्नुभयो, “गोरखाको उत्तरी क्षेत्र र मुस्ताङको टुकेचे हिमाली क्षेत्रमा भएको भारी हिमपातका कारण अवरुद्ध आरोहण पुनः सुरु भएको छ । करिब पाँच फिटसम्म हिउँ जमेका कारण रोकिएको आरोहण हिउँ पग्लिएपछि सुचारु भएको हो ।” सबैभन्दा बढी आरोहीले अनुमति लिएको मनासलुमा आरोहण सकिने…

Read More