Main Headlines 

पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल

२४ भदौ, काठमाडौँ । पर्यटक भित्रिने मुख्य सिजनमै हवाई यातायात प्रभावित हुने भएपछि यो वर्ष सरकारले लिएको १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल हुने देखिएको छ । हवाई दुर्घटना, पछिल्लो दुई महिनाको पर्यटक आगमन दर, निगमका जहाज नियमित उडानमा देखिएको लापर्बाही र पर्यटकीय सिजनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएपछि सरकारको महत्वाकाङ्क्षी लक्ष्य भेट्न मुस्किल देखिएको हो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सरकारले चालु आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ तर सन् २०१९ को तुलनामा पछिल्ला दुई महिनामा देखिएको घट्दो पर्यटक आगमन…

Read More